कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि माधव नेपालसम्मको बालुवाटार जग्गा प्रकरणमा यस्तो कनेक्सन
काठमाडाैं । बालुवाटारको सरकारी जग्गा प्रकरणले नेकपाको उच्च तहमा हलचल ल्याइदिएको छ ।
नेकपा महासचिव विष्णु पाैडेलका छोराको नाममा जग्गा भएको देखिएपछि यसले राजनीतिमा मात्रै नभएर समाजमा समेत तरङ्ग फैलिएको छ । अहिले मानिसहरु खुल्लामञ्चमा जग्गा खाली छ रे किन्न पर्यो के छ महासचिव ज्यु भन्दै उनीमाथि व्यङ्ग्य गर्न थालिएको छ।
जग्गा प्रकरणमा दिवंगत पूर्वप्रधानमन्त्रीहरुदेखि अहिले राजनीतिको मुख्य भुमिकामा रहेका नेताहरु समेत यसैमा जोडिएर आएका छन् । भुमाफियाको हवाला दिदै बव्न खोज्नेलाई समेत यो प्रकरणले सताउने देखिन्छ ।
बालुवाटार जग्गा प्रकरणमा २०४७ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र नेकपा नेता झलनाथ खनाल भूमिसुधार मन्त्री भएका बेला उक्त जग्गा फुकुवा भएको पाइएको छ ।
पञ्चायतले राष्ट्रियकरण गरेको जग्गालाई २०४९ कात्तिक २५ र पुस २३ गते गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्वकालमा १ सय १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको तथ्य बाहिरिएको छ । त्यसपछि सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला ०६० सालमा समेत केहि रोपनी जग्गा पुनः व्यक्तिको नामसारी भएको पाइन्छ ।
यद्यपी सरकारका प्रवक्ता एवं संचार, सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले महासचिव ठगिनु भयो भन्दै यसमा विष्णु पाैडेलको कुनै दोष नभएको भन्दै जनाइसकेका छन् । यता, महासचिव पाैडेलले समेत विज्ञप्ति जारी गर्दै आफु र आफ्नो परिवार यो प्रकरणमा संलग्नता नभएको जनाइसकेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












