राष्ट्रपति भण्डारीबाट व्यावसायीक क्षेत्रका व्यक्तित्व सम्मानित,हेर्नुहोस क–कसले पाए राष्ट्रिय सम्मान
काठमाडाैँ । उद्योग व्यवसाय क्षेत्रका १५ जना व्यक्तलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक वितरण गरेकी छन्।
सरकारले संविधान दिवसको अवसर पारेर गत वर्ष घोषणा गरेको पदकहरु नयाँ वर्षको दिन राष्ट्रपति कार्यालयबाट वितरण गरिएको हो।
सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवाश्री तृतीय प्रदान गरिएको छ। प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन, सीएनआईका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, आईएमई ग्रुपका हेमराज ढकाल, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा र नेपाल चेम्बर फ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ललाई पनि सुप्रबल जनसेवाश्री तृतीय दिइएको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीलाइ प्रबल जनसेवाश्री चतुर्थ प्रदान गरिएको छ।
त्यस्तै होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्य, ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि प्रबल जनसेवाश्री चतुर्थ प्रदान गरिएको हो।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












