महासचिवले थर्ड ह्याण्डबाट जग्गा किन्दा ठगिनु भो, ठग्नेले क्षतिपूर्ति दिनुपर्छः मन्त्री बास्कोटा
काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा महासचिव विष्णु पाैडेललाई ठग्ने व्यक्तिले क्षतिपूर्ति दिनुपर्ने जनाएका छन् ।
पछिल्लो समय समाजमा विभिन्न तरिकाले आलोचना बढेको भन्दै हचुवाको भरमा भन्दा तथ्यको आधारमा आलोचना गर्न समेत आग्रह गरेका छन् ।
प्रेस संगठन रुपन्देहिले मंगलबार मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
प्रवक्ता बास्कोटाले तथ्य भन्दा बाहिर गएर सरकारको ालोचना गर्न थालेको भन्दै आक्रोस समेत व्यक्त गरेका छन् । आक्रोशित मुद्रामा उनले भने, ‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ, उठ्नै नसक्ने गरी ठटाए हुन्छ’, बास्कोटाले भने, ‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’
बालुवाटारको सरकारी जग्गा (ललिता निवास) किनबेच प्रकरणमा पत्रकारले गरेको प्रश्नमा मन्त्री बास्कोटाले महासचिव पाैडेल ठगीमा परेको कुरा दोहोर्याएका छन् । यसैमा थप्दै उनले भने, ‘उहाँले थर्ड ह्याण्डबाट किन्नु भएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनु भएछ’, उनले भने, ‘अब जोसँग किन्नु भएको हो उसले क्षतिपुर्ति दिनुपर्छ ।’
यस्तै अन्य व्यक्ति समेत ठगीमा परेको हुन सक्ने भन्दै उनले यस्ता कुकार्यका विरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुने समेत दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...











