नेकपा एकता, पार्टीले गलत निर्णय गर्यो, नसच्याइए समानान्तर कमिटि बनाउछाैंः डाचाराज वाग्ले
काठमाडाैं । नेकपाको जिल्ला एकता टुंगिएसंगै विवादका आवाजहरु भने आउन थालेका छन् ।
नेकपा सर्लाहीमा जिल्ला सचिवमा चयन भएका डाचाराज वाग्लेले पत्रकार सम्मेलन गरेर विरोध जनाएका छन् । नेकपा केन्द्रिय सदस्य समेत रहेका वाग्लेले आफू घटुवामा परेको र नेतृत्वले केन्द्रिय कमिटिकै उपहास गरेको भन्दै उनले पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् ।
नेकपा सर्लाहीको जिल्ला कमिटिमा पूर्वएमालेको भागमा अध्यक्ष परेपछि प्रदेश कमिटि सदस्य रेवती पन्त अध्यक्षमा चयन भएपछि वाग्लेले विरोध गरेका हुन् । अबेर राती पत्रकार सम्मेलन गर्दै वाग्लेले भने, ‘पार्टीले सार्वजनिक गरेको जिल्ला अध्यक्ष र सचिवको सूची अनुसार सर्लाहीको हकमा केन्द्रीय कमिटीकै उपहास गरिएको छ’, उनले भने, ‘त्यसैले मैले सचिव पद अस्वीकार गर्ने निर्णय लिएको छु।’
अध्यक्षमा चयन भएका पन्त प्रदेश सदस्य भएको तर आफू केन्द्रिय सदस्य हुँदा पनि पार्टीले एककदम गलत निर्णय गरेको भन्दै पदवाट फिर्ता हुने निर्णय लिएको जनाउदै उनले पार्टी नेतृत्वसँग निर्णय सच्याउन माग समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा तत्कालिन एनेकपा माओवादीका स्थायी कमिटी सदस्य समेत रहेका वाग्ले सहित तत्कालिन नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद्द्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली एवं नेताहरु हरि उप्रेती, सुरेन्द्र लामा, उत्तरकुमार मैनाली तथा तत्कालिन माओवादीबाट निर्वाचित बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, जिल्ला अध्यक्ष कमल बुढाथोकी लगायत दुवैतर्फका डेढ दर्जन नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो। नेतृत्वले तत्काल निर्णय नसच्याए समानान्तर कमिटी गठन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन्।
वाग्ले बादल समूहका नेता मानिन्छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा-माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृत पार्टीबीच एकता प्रक्रियामा आएका वाग्ले बादलसँगै प्रचण्ड नेतृत्वको एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गरेका थिए । वाग्ले बादलसँगै एकतामा आएकाले उनी बादल निकटका नेता मानिन्छन् । उनी आफूलाई बादल समूह कै नेता भएको दाबी गर्ने गरेको समेत उनी निकट नेताहरुले जनाउने गरेका छन् ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











