आयुक्तहरु दाहाल र पाैडेलले गरे प्रमुख निर्वाचन आयुक्तको कार्यक्रम बहिस्कार, कारण यस्तो छ…
काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्तहरु नै अनुपस्थित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहन गरेर पदभार ग्रहन गर्दै प्रमुख निर्वाचन आयुक्तद्वारा कर्मचारीलाई ब्रिफिङ गर्ने कार्यक्रममा आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी प्रसाद पाैडेल अनुपस्थित भएका हुन् ।
सामान्यतयाः प्रमुख निर्वाचन आयुक्तले आयोजना गर्ने कर्मचारी ब्रिफिङ कार्यक्रममा आयुक्तहरु जाने प्रचलन रहेको पाइन्छ । तर, उनीहहरु भने कार्यक्रम बहिस्कार गरेर बसेका हुन् ।
निर्वाचन आयोग स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलियालाई अपमान गर्ने उद्धेश्यले उनीहरु उक्त कार्यक्रममा अनुपस्थित भएका हुन् । थपलियालाई निर्वाचन आयोगमा भित्रि रुपमा असहयोग गर्ने गरि उनीहरुले आफ्नो संजाल विस्तार गर्दै लगेको समेत स्रोतको दाबी छ ।
आयुक्त दाहाल आफू प्रमुख निर्वाचन आयुक्त हुने भनेर बसेका थिए । तर, सरकारले प्रमुख निर्वाचन आयुक्तमा संघिय मामिला मन्त्रालयका रहेका वहालवाला सचिव थपलियालाई ल्याएपछि उनीहरुले इगो साध्न थालेका हुन् । आयुक्त दाहाल तत्कालीन एमालेको तर्फबाट र अर्का आयुक्त पाैडेल नेपाली कांग्रेसको कोटाबाट आयुक्तमा पुगेका हुन् ।
नेकपाको दुई तिहाईको सरकार भएकाले समेत दाहालले आफू प्रमुख निर्वाचन आयुक्त हुने लोभ गरेका थिए । तर, सरकारले त्यसको विपरित काम गरेपछि उनी चिढिएको जनाइन्छ ।
तर, स्थानिय तहको चुनावका बेला भरतपुरको चुनाव काण्डमा तत्कालीन नेकपा एमालेलाई धोका दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग चिढिएका हुन् । प्रधानमन्त्री ओलीले भरतपुरको निर्वाचनबारे नोट अफ डिसेन्ट लेख्न निर्देशन दिएका थिए । यद्यपी उनी बिदामा बसेर एमालेलाई साथ दिनुको सट्टा पुनः निर्वाचन गराउने स्थिति बनेर निर्वाचन सम्पन्न भएपछि उनको तत्कालीन एमालेसँग दुरी बढेको थियो ।
भरतपुर महानगरपालिकाको चुनाव काण्डले दाहालमाथिको विश्वास गुमेको पूर्वएमालेका नेताहरुले जनाउने गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी पार्टीलाई चाहिएको बेला काम नलाग्ने मान्छे भएकाले प्रमुख निर्वाचन आयुक्त बनाउन नसकिएको जनाइन्छ । उनले कांग्रेसबाट आयुक्तमा पुगेका पाैडेललाई समेत प्रभावमा पार्न सफल भएका छन् । भरतपुर महानगपालिकाको निर्वाचन काण्डले उनीहरुबीचको घणिष्ठता बढेको आन्तरिक स्रोतको दाबी छ ।
उनीहरु प्रमुख निर्वाचन आयुक्तले आयोजना गरेको कार्यक्रममा अनुपस्थित भएपछि राजीनामा दिन दबाब परेको छ । निर्वाचन आयोगका एक कर्मचारीले भने, प्रमुख निर्वाचन आयुक्तको निर्देशन तथा नितिलाई फ्लो नगर्ने र कार्यक्रम नै बहिस्कार गर्ने हो भने यस्तो पदमा बस्नुको खआसै आैचित्य हुँदैन् । उहाँहरुमाथि स्पष्ठिकरण सोधिन्छ या राजीनामाको कुरा हुन्छ त्यो भने समयक्रमले जनाउला ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











