इतिहासमा भुकम्पः नेपालमा भुकम्पका कारण राजा कै ज्यान गएको थियो !
काठमाडाैं । महाभुकम्प गएको एक दिन अगाडी आज आएको भुकमपले फेरि जनतालाई त्रसित बनाएको छ ।
नेपालमा भुकम्पको बारेमा चर्चा गर्दा १९९० पछि २०७२ सालको महाभुकम्पलाई लिने गरिन्छ । तर, साना पराकम्पन भने गणना गरेर साध्य नै नभएको जनाइन्छ ।
थुप्रै मानिस घरबार विहीन मात्रै भएका थिएनन् । परिवारका सदस्यदेखि सम्पूर्ण थोक गुमाएर मानिस बेसहारा बन्न पुगेका थिए । महाभुकम्प २०७२ ले ।
तर, बिबिसी नेपाली सेवाका अनुसार भने नेपालमा भुकम्प आउदा राजाको समेत मृत्यु भएको थियो । विविसी नेपाली सेवाले प्रकाशित गरेको रिपोर्टका अनुसार, गोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ। त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ।
त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकाले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ। भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्न देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्ताबेजहरूमा पाइन्छ।
राजा अरि मल्लको पालामा भक्तपुर शासनको केन्द्र थियो । वि.सं. १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ । त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ।
त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणहरू भेटिएका छन् । त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर अरि मल्लको मृत्यु भने देवपाटन (पशुपतिक्षेत्र)मा भएको उल्लेख छ।
त्यसबेला राजाहरूले देवपाटनमा नै राज्याभिषेक गर्ने चलन थियो । मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देवपाटन लगिएको हुनसक्छ । वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्प गएको विवरणहरू तथ्यसहित भेटिएका छन्।
त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन् । झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भूकम्प गएको देखिन्छ । कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले ठूलो क्षति पुर्याएको उल्लेख छ । विविसी नेपाली सेवाले इतिहासकार महेशकार पन्तसँगको कुराकनी गरेको समेत जनाएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












