मेयर विद्यासुन्दरको विलाैना- भीमसेन दाई उपमेयरलाई सम्झाइदिनु पर्यो, मलाई टेर्दै टेर्नु भएन !
काठमाडाैं। काठमााडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूलाई कसैले नटेरेको भन्दै दुख व्यक्त गरेका छन् ।
खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर र अनियन्त्रित किसिमका संरचनाबारे मिडियाले व्यापक रुपमा कुरा उठाएपछि मेयर शाक्यले सटर खाली गर्न उपमेयर हरिप्रभा खड्कीलाई जिम्मेवारी दिएपनि उपमेयरले नै अटेरी गरेका कारण भत्काउन समय लागेको दाबी गरेका छन् ।
खुलामञ्च अतिक्रमणबारे ध्यानाकर्षण गर्न महानगर पुगेका काठमाडौं- ७ का सांसद भिमसेनदास प्रधानसहितको टोलीसँग मेयर शाक्यले उक्त कुरा बताएका हुन्। उपमेयरले नै नटेरेको भन्दै सांसद भीमसेनदास श्रेष्ठलाई सम्झाइदिन आग्रह समेत गरेका छन् । मलाई त टेर्नु भएन, दाईले सम्झाइदिन पर्यो । उहाँ नेपाली कांग्रेस कै पार्टीको मान्छे हो ।
‘चैत २४ गतेको नगर परिषद् बैठकमा उपमेयर हरिप्रभा खड्गीलाई खुलामञ्चमा बनिरहेका सटर अनुगमन गरी खाली गराउन निर्देशन दिएको हो। उहाँले निर्देशनअनुसार काम गर्नुभएन,’ उनले भने, ‘उपमेयरले समयमै प्रतिवेदन दिनुभएको भए अहिलेसम्म ती सटर खाली गराउने काम भइसक्थ्यो, तपाईंहरू यहाँ आउनैपर्ने थिएन, न त हिजो विरोध गर्नुपर्थ्यो।’
‘मलाई आफ्नै उपमेयरले टेर्नुभएन भने अरू कसले टेर्छ? मेयरलाई बदनाम गराएर मात्र केही हुँदैन,’ उनले भने, ‘मैले त विधिसम्मत ढंगले काम गर्ने हो। अरू जसरी सडकमा तोडफोड गरेर हिँड्न मिल्दैन।’
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












