मकालुमा भेटिएको भनिएको ‘यति’ के हो ? यो भन्दा पहिले यसरी भएको थियो ‘यति’बारे अनुसन्धान…
काठमाडाैं । भारतीय सैनिकले मकालु बेस क्याम्पको आरोहणको क्रममा यतिको पाइला भेट्टाएको दाबी गरेको छ ।
भारतीय सैनिकले मकालु बेस क्याम्पमा आश्चार्यजनक रुपमा यतिको पाइला भेटेको भन्दै आफ्नो अफिसिएल ट्विटर ह्याण्डलमा फोटो सहित सार्वजनिक गरेपछि यसबारे विभिन्न चर्चा हुन थालेको छ ।
एक विशाल जंगली हिम मानव ‘यति’को पाइला भेटिएको दाबी भने सत्यतामा परिणत हुन भने सकेको छैन् । यद्यपी अहिले विश्वभर यसको चर्चा सुरु भएको छ । टाइम्स अफ इन्डियाले यसबारे जनाएअनुसार भारतीय सैनिकले यति भेटाएको हो। तर, अन्तराष्ट्रिय संचार माध्यमले भने शंकाको घेराबाट समेत हेरेका छन् ।
भारतीय सैनिकले यसबारे थप अध्ययन फोटोसहित गर्न विषेशज्ञ टोलीलाई नमुना दिएको दाबी समेत गरिएको छ ।
तर, नेपाली अधिकारीहरुले भने भारतियले होहल्ला बढि गर्ने भएकाले यो हिमाली भालु हुनसक्ने जनाएका छन् । तर, भारतिय सैनिकको टोलीसँग नेपाली सैनिकको टोली समेत गएकाले उनीहरु फर्केपछि सबै कुरा थाहा हुने नेपाली सेनाले जनाएको छ ।
के हो यति ?
यति एक हिम मानव जस्तै जीव हो । यतिलाई हिमालयको एक सृष्टिकर्ता समेत मानिन्छ । यतिका पाइलाहरु सामान्यतयाः नेपाल भुटान र भारतमा पाइने गरेको जनाइन्छ ।
किम्बदन्तिको रूपमा रहेको यस जीवको हाल सम्म कुनै प्रामाणिक अस्तित्व प्राप्त भने भएको छैन। यसबारे आजसम्म कसैले स्वतन्त्र पुष्ठि समेत गर्न सकेको छैन् ।
अनुसन्धानमा के भएको थियो यो भन्दा पहिले ?
सन २०१३ मा बेलायती वैज्ञानिकले अध्ययन गरेर यसबारे केहि तथ्य खुलाएका थिए । जसका अनुसार उनीहरुले यसलाई खैरो भालुको उप-जातिको जस्तै देखिने निष्कर्ष निकालेका थिए ।
सन २०११ मा नेपालबाट यतिको आैला डिएनए टेस्टका लागि बेलायल लगिएको थियो । जसमा उनीहरुले गरेको अध्ययन अनुसार आधा सताब्दी पहिलेको मानिसको हड्डी भएको जनाएका थिए ।
तर, २०१३ मा कपालको नमुनाबाट गरिएको डिएनए टेस्टका अनुसार अक्सफोर्ड विश्वविद्यालयका वंशाणु विषेशज्ञ बर्यन सेइक्सले प्राचिन पोलार भालुसँग म्याच गराएर हेरेका थिए । जसका अनुसार उनले, अचम्मको रहस्य भन्दै एक जनावर रहेको र पोलार (ध्रुविय) भालु र खैरो भालुको हाइब्रिड रुप रहेको जनाएका थिए ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












