नेकपा पोलिटब्युरोः गुटमा प्रचण्ड सवैभन्दा वलिया, नेपाल-खनालबीच गज्जबको दोस्ती !
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पोलिटब्युरो सदस्य कसलाई बनाउने भन्ने विषयले प्रवेश पाएपछि को कति शक्तिशाली भन्ने कुरा उत्तिकै पेचिलो बन्दै गएको छ ।
नेकपामा विभिन्न गुट चलाएर बसेका नेताहरुको भागमा कति नेताहरु परे भन्ने विषयले यतिबेला व्यापक चर्चा पाउदै आएको छ ।
नेकपामा सक्रिय गुटको रुपमा रहेका विभिन्न गुटको नेतृत्वकर्ताको सूची समेत लामो नै रहेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता बामदेव गाैतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् ।
पूर्वएमालेमा गुटको नेतृत्व गर्ने नेताहरुमध्ये पूर्वप्रधानमन्त्री झलनाथ खनाल बरिष्ठ नेता नेपाल गुटमा समावेश हुन पुगेका छन भने, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ओली खेमामा छन् ।
यद्यपी यी नेताहरुको गुटमा सबैभन्दा बलिया भने प्रचण्ड नै देखिन्छन् । जसमध्ये पोलिटब्युरो सदस्यमा प्रचण्डको गुटमा ४९ जना, ओली गुटमा ३८ जना, नेपाल गुटमा ३६ जना, बादल गुटमा १० जना, गौतम गुटमा ७ जना, र श्रेष्ठ गुटमा ७ जना पोलिटब्युरोमा पर्ने संभावना देखिन्छ ।
नेकपाको गुटमा सवैभन्दा कमजोर गुट चलाउनेमा नेता गाैतम र श्रेष्ठ रहेका छन् । तर, प्रचण्ड भने बलिया देखिन्छन् । यद्यपी बरिष्ठ नेता नेपालको गुटमा पूर्वप्रधानमन्त्री समेत रहिसकेका नेता झलनाथ खनाल समेत समावेश गरिएका छन् । जसमध्ये नेता खनालले आफूलाई माधव नेपाल भन्दा कनिष्ट बनाइएको भन्दै विरोध गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












