लालजोडीको उपमा दिएर जनवादी विवाह गराउने कमरेड प्रचण्डले गरे करोडाै खर्चेर धुमधाम पुनः विवाह
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले धुमधामका साथ पुनः विवाह गरेका छन् ।
पत्नी सिता दाहालसँग विवाह भएको ५० आैं वर्षको वर्षगाँठ बनाउन भन्दै प्रचण्डले सीताको सिउदो रङ्ग्याएका हुन् ।
१० वर्षे जनयुद्धमा पार्टीमै थुप्रैको जनवादी विवाह गराएका प्रचण्डले भने आलिसान विवाह गरेका हुन् । जनयुद्धको क्रममा धर्मको नाममा विवाह भड्किलो बनाउन हुदैन भनेर अन्य नेता कार्यकर्ताको विवाह रातो झण्डालाई पर्दा बनाएर अबिर टिका लगाएर भाषण गरेपछि विवाहलाई अन्तिम रुप दिने गरेका प्रचण्डले भने आज ललितपुरको पार्टी प्यालेसमा होटेल याक एण्ड यतिको क्याटरिङ सहित धुमधाम विवाह सम्पन्न गरेका हुन्।
नजिकका मान्छेलाई जम्मा पारेर दुबै छोरीलाई छेउमा राखेर प्रचण्डले सीताको सिउदोमा सिन्दुर हालेका हुन् । कम्युनिष्टले विवाह भड्किलो बनाउन हुँदैन भनेर प्रवचन दिएर नथाक्ने प्रचण्डको यो विवाहपछि भने पूर्वमाओवादीका नेता कार्यकर्ताहरु भने आश्चार्यमा परेका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, मैले चितवनमा विवाह गरेको हुँ । मेरो विवाहको क्रममा रातो झण्डा राखेर सामान्य सपथसहित जनवादी विवाह गर्दै केहि नेताहरुले भाषण गर्नुभएको थियो भने हामीले ५ सय खर्चमा विवाह सम्पन्न गरेका थियाैं । तर, जसले मलाई यसरी विवाह गर्न प्रेरित गर्यो आज त्यसैले यस्तो गरेको देख्दा आफैले आफैलाई विश्वास गर्न सकेको छैन् ।
जनयुद्ध कालिन थुप्रै लालजोडीहरुको सिउदोको सिन्दुर युद्धकै क्रममा पुछिएको थियो । जो आजपनि दुई छाक टार्न मरिमेटी खाडीको घाममा पसिना बगाउदै छन । कोहि गोलीका छर्रा बोकेर आकासको बादल हेर्दै मृत्युको दिन पर्खेर बसेका छन् ।
प्रचण्डको यो विवाहमा सरिक नेताहरु समेत मन खुशी बनाएर बस्न भने सकेका छैनन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












