अर्थमन्त्रीको कुर्सी विशेषज्ञको पद होइनः प्रदीप गिरी
काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले सोभियत संघको अन्त्यको कारण मानवअधिकार नै रहेको दाबी गरेका छन् ।
दुई तिहाईको बलियो र स्थिर सरकारलाई लक्षित गर्दै नेता गिरीले सोभियत संघको विघटन (पतन) भएको स्मरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलन जीवित रहने अन्यथा सोहि स्थितिमा पुग्न धेरै समय नलाग्ने वताए ।
सोभियत संघ विघटनले जनताले ३० वर्षमा राज्यको अभिभावकत्व पाएको दाबी गरे । कांग्रेसमा अर्थमन्त्रीको विद्वतावारे कुरा गर्दा हाँसेपनि बजेटमा केहि कमी महशुस भएको वताए ।
सामाजिक न्यायको कुरा कोट्याउदै नेता गिरीले सामाजिक न्याय र अर्थराजनीति अत्यन्तै गाह्रो विषय भएको भन्दै बृद्धिदर र विकास अलग कुरा रहेको दाबी गरे । तर, अर्थशास्त्र जनताले बुज्नै पर्ने विषय रहेको वताए । बजेटमा दिगो विकास र दिगो आर्थिक बृद्धिदर कायम गर्ने लगायत भिन्न ठाँउमा ५/६ पटक उल्लेख गरिएपनि बृद्धिदर र विकास एकैपटक सँगै जान नसक्ने उनको ठम्याइ छ ।
अर्थमन्त्रीको पद विशेषज्ञको पद होइन् । कांग्रेसको पालादेखि नै यसलाई अर्थमन्त्रीलाई विशेषज्ञको पद मान्दै आएको दाबी गर्दै नेता गिरीले भने विपी समेत केहि समय प्रजातन्त्र र मार्क्सबाट प्रभावित बन्दा केहि समय समस्या परेको वताए । तर, पछि विपीले यसलाई ट्याकमा ल्याएर समस्यालाई सामान्ययीकरण गरेको दाबी गरे । यद्यपी कांग्रेस कै पालामा समेत अनविज्ञ नेताहरु यस्तो स्थानमा पुगेको भन्दै सरकारका सामू गोल्डेन अवसर आएको जनाए ।
नेता गिरीले अर्थमन्त्रीलाई भने, बृद्धिदर या विकासमा कुनै एक कुरा छानेर अगाडी बढ्न आग्रह गरे ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












