नेकपाले टुंग्यायो पोलिटब्युरो, को को परे हेर्नुहोस् नामसहित !
काठमाडाैं । नेकपाको एकता प्रक्रियाले पुर्णता पाउने भएको छ । पूर्वमाओवादी र पूर्वएमालेबीच पार्टी एकता भएपछि नेताहरुले आफू पोलिटब्युरोदेखि केन्द्रिय सदस्यमा पर्नुपर्ने दाबी सहित आन्तरिक पार्टी भित्र लबिङ तीब्र पारेपछि लम्बेतान परेको पार्टी एकता प्रक्रिया जेठ ३ गते घोषणा गर्ने गरि टुंगो लागेको नेकपा एक नेताले जनाए ।
नेकपाका ती नेताका अनुसार अध्यक्ष प्रचण्ड बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पाैडेलले पोलिटब्युरोको सूची तयार पारेका हुन् । तर, प्रधानमन्त्री ओली भियतनाम-कम्बोडिया ब्रमणमा रहेका कारण टुंगो भने लागेको छैन् । ओली आज स्वदेश फर्के पछि बस्ने नेकपाको सचिवालय बैठकले यसलाई अनुमोदन गर्ने ती नेताको दाबी छ । सामान्यतयाः पूर्वएमालेमा भन्दा पूर्वमाओवादीमा नै समस्या धेरै देखिएको थियो । यद्यपी प्रधानमन्त्री ओलीले महासचिव पाैडेललाई सम्पूर्ण जिम्मा दिएर विदेश भ्रमणमा निस्केको स्रोतको दाबी छ ।
ती नेताका अनुसार, पूर्वएमालेका ५९ पुराना पोलिटब्युरो सदस्यहरु स्वतः नेकपाको पोलिटब्युरो सदस्य बन्नेछन भने २२ नयाँ अनुहार थप हुनेछन् । नेकपाले बनाउन लागेको पोलिटब्युोको संख्या १४७ जनाको हुनेछ । जसमा ८१ पूर्वएमालेको पोल्टामा परेको छ भने, ६६ पूर्वमाओवादी खेमालाई भाग परेको छ ।
जसमध्ये पूर्वएमालेका तर्फबाट ५९ जना पूर्व पार्टी पोलिटब्युरो सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसहित माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, अष्ठलक्ष्मी शाक्य, भीम रावल, ईशवर पोखरेल, विष्णु पाैडेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञावाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई,किरण गुरुङ, छविलाल विश्वकर्मा, वेदुराम भुसाल, मुकुनद न्याैपाने, विष्णु रिमाल, युवराज ज्ञावाली, रघुजी पन्त, रघुवीर महासेठ, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे सुवास नेम्वाङ, अरुण नेपाल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदिप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्तीमगर, गोरख वोेगटी, गौरा प्रसाई कोईराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादूर राना, डा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुध्न महतो र शेरधन राई अहिले बन्दै गरेको नेकपाको पोलिटब्युरो सदस्य बन्नेछन् ।
यस्तै, पूर्वएमालेबाट पोलिटब्युरोमा थप भएका नयाँ सदस्यमध्ये कृष्णगोपाल श्रेष्ठ, केदार न्याैपाने, घनेन्द्र बस्नेत, खगराज अधिकारी, धर्मनाथ साह, देवराज घिमिरे, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ, केशवलाल श्रेष्ठ, वैजनाथ चाेधरी, शुशीला नेपाल, कल्याणी खड्का,जयन्ती राई, गरिमा साह, चुडामणी जंगली, जीवराम श्रेष्ठ रामचन्द्र ओली र गाैरी ओली हुन् ।
पूर्वमाओवादीको पोल्टामा परेको ६६ पोलिटब्युरो सदस्यमध्ये अहिले पार्टीमा रहेका १९ स्थायी समिति सदस्य स्वतः पोलिटब्युरो बन्ने छन भने थप ४७ जना नेताहरुले पोलिटब्युरोमा स्थान पाउने भएका हुन् ।
पूर्वमाओवादीबाट नेकपाको स्थायी समिति सदस्यमा रहेका नेताहरु स्वतः पोलिटब्युरोमा परेका छन् । जसमध्ये नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल), देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, बर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा रहेका छन् ।
यस्तै, नयाँ थप भएका पोलिटब्युरो सदस्यहरुमा हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभु साह, प्रल्हाद बुढाथोकी, सुनिल मानन्धर, सुरेन्द्र कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका मगर, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा,, पूर्णकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अन्जना विशंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा, दिलीप प्रजापति,श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्बर काङवाङ र सुरेश आले मगर रहेका छन् ।
नेकपाले जेठ ३ गते एकता घोषणा गर्ने तयारी तीब्र पारेको छ । पार्टी एकता भएको १ वर्ष पुगेको अवसर पारेर नेकपाले मदन-आश्रित स्मृति दिवस समेत मनाउने भएको हो । ऐतिहासिक दिन भएको भन्दै नेकपाले सोहि दिन जनवर्गिय संगठनको समेत एकता टुंग्याउने तयारी थालेको हो । जसमध्ये युवा, महिला, पत्रकार, शिक्षक र मजदुर पूर्वमाओवादी र विद्यार्थी, किसान, पेशागत महासंघ र जातिय मुक्ति समाज लगायतको नेतृत्व पाउने भएको हो ।
१४७ पोलिटब्युरो सदस्यमध्ये ८१ पूर्वएमाले र ६६ पूर्वमाओवादीको भागमा
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












