मदन भण्डारीले मार्क्सवादलाई जसरी जबजमा ल्याउनु भो त्यसरी नै हामीले क्रान्तिको नयाँ बाटो खोज्नै पर्छः प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितलाई श्रद्धा तथा सम्मान व्यक्त गरेका छन् ।
नेकपा अध्यक्ष प्रचण्ड मदन-आश्रितको श्रद्धा र सम्मानको उच्च रुप नै पार्टी एकता भएको वताएका छन् । पार्टी एकतालाई अन्तिम रुप दिने काम भएको दाबी गर्दै प्रचण्डले पार्टी एकताको सम्पूर्ण कार्यभार पुरा गर्ने दाबी गरे ।
हजाराैंको बलिदानबाट प्राप्त क्रान्ति र प्रतिक्रान्तिका ठूलाठूला उपलब्धीहरु एकजना मान्छे नमरेर उल्टिने खतरा रहेको भन्दै प्रचण्डले गम्भीरतापूर्वक सचेत रहँदै देशलाई समाजवादतर्फ लैजानैपर्ने बाध्यता रहेको वताए ।
नेता भण्डारीले मार्क्सवादलाई जीवन र जगतको पद्धतिलाई जनतासँग जोडेर रचनात्मक ढंगले अगाडी बढाएकाले उनी मदन भण्डारी बन्न पुगेको जनाए ।
विश्वमा भएका प्रतिक्रान्तिलाई वुझेर डग्मा र प्राग्मालाई चिरेर नेता भण्डारीले नेपाली क्रान्तिलाई साहसको साथ नयाँ कुरा गर्ने आँट गरेकाले राजनीतिक रणनीति रुपमा सफल भएको प्रचण्डको दाबी छ । मदन भण्डारीको विचारलाई आजको आवश्यकता अनुसार विकास गर्दै लैजाने की मदन भण्डारीले भनेकै जस्तो गर्ने ? यो गम्भीर कुरा हो । प्रचण्डले यसैमा थपे, अब मदन भण्डारीले झैं मार्क्सवादलाई जसरी ग्रहण गरेर नया राजनीतिक बाटो स्थापना गर्नु भो त्यसरी नै नयाँ परिस्थितिको चुनाैतिलाई फेस गर्दै अगाडी बढ्ने भन्नेबारे सोच्नै पर्ने बेला आएको दाबी गरे ।
यस्तै प्रचण्डले कम्युनिष्टलाई अधिनायकवादी हुन भन्ने सावित गर्न विभिन्न तत्व लागेपनि वैज्ञानिक आधारका साथै व्यवहारवादी भएर यसलाई चिर्न सफल भएको वताए । पार्टी एकतालाई भाड्न विभिन्न शक्तिकेन्द्रहरु लागेको दाबी गर्दै उनले भने, हाम्रा नेताहरुकोबीचमा फाटो ल्याउन विभिन्न कोसिस गरियो तर, यसबाट हामी डगमगाएका छैनाैं ।
विभिन्न शक्तिकेन्द्रहरुको चासो पार्टी फुटाउने कोसिस नै रहेपनि नेतृत्वले गम्भीरतापूर्वक एकताबद्ध गर्न सफल भएको भन्दै उनले भने, हामी भिन्नै धातुले बनेका हाैं ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












