देवघाट क्षेत्रमा जग्गा अतिक्रमण
चितवन । पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका नामका भवनहरु निर्माण भएका पौडेलले बताए । यससँगै विभिन्न जातजातिका कुल पूजा गर्ने स्थलहरुमा भवनहरु बनेका र बन्दै गरेका छन् ।
बुद्ध धर्मावलम्बीहरुको गुम्बादेखि विभिन्न जाति समुदायको २० भन्दा बढी कुल पूजास्थल निर्माण गरिएको पौडेलले बताए । त्यस क्षेत्रमा बनेका संरचना र खाली जमीन किनबेचसमेत हुने गरेको पौडेलको भनाइ छ । उहाँका अनुसार एक टुक्रा जग्गाको कागज गरेर रु पाँच लाखदेखि १० लाखसम्ममा कारोवार हुने गरेको छ ।
किन्ने र बेच्नेहरुले मठमन्दिर तथा आश्रमलाई दस्तुरसमेत बुझाउने गरेको पौडेल बताउछन् । पौडेलले भने, “यहाँको ऐलानी जग्गामा मठमन्दिर र आश्रमलाई दस्तुर बुझाएर सामाजिक वैधानिकता दिने समेत गरेको पाइएको छ ।” उनी सरकारले नीतिगत निर्णय गरेर तत्कालै पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नुपर्ने र अन्यथा भविष्यमा देवघाटको पहिचान र महिमा लोप भएर जाने धारणा राखे ।
देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टङ्कनाथ पौडेल आफू अध्यक्ष रहँदा जग्गा अतिक्रमण रोक्न भरतपुर महानगरपालिकालाई पटकपटक पत्राचार गरेको भए पनि रोक्ने काम नभएको बताउछन् । ठूलाबडा र पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै उहाँले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने भनाइ राखे ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले त्यहाँ जग्गा अतिक्रमण भएको विषयमा आफू प्रमुख भएपछि जानकारी नभएको भन्दै महानगर अतिक्रमण भएको जग्गाको खोजीमा लागिरहेको बताउनुभयो । त्यहाँको अवस्थाका बारेमा वडा कार्यालयमार्फत बुझ्ने प्रमुख दाहालको भनाइ छ ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु पौडेलले तीन वर्षअघि गरिएको सर्वेक्षणमा जिल्लामा अतिक्रमण भएका एक हजार ६८८ हेक्टर जमीनमध्ये देवघाटमा १७ दशमलव ७९ हेक्टर जमीन अतिक्रमण भएको बताए । सो क्षेत्रमा विसं २०३० यता अतिक्रमण हुँदै आएको छ ।
यसअघि पटकपटक सो क्षेत्र खाली गर्न प्रयास गरेको भए पनि चाडपर्व, बर्सातको समय, निर्वाचनलगायतका नाममा खाली गर्न नसकिएको पौडेलको भनाइ छ । स्थानीय तह, प्रशासन, राजनीतिक दल, नागरिक समाज सबैको सकारात्मक सहयोग रहेमा अतिक्रमित क्षेत्र खाली गर्न सकिने पौडेलले बताए ।
देवघाट क्षेत्रको विकास गर्न २१ वर्षे गुरुयोजना निर्माण गरी काम भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण धार्मिक गन्तव्य देवघाटलाई व्यवस्थित गर्न अतिक्रमण रोक्नुपर्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे बताउछन् ।
धार्मिक हिसाबले निकै महत्वपूर्ण देवघाटको विकासका लागि निकै धेरै क्षेत्र आवश्यक पर्ने भन्दै उनले जग्गाको अभावमा काममा अवरोध पुग्ने भएकाले ऐलानी जग्गाको सुरक्षामा लाग्नुपर्ने बताए । देवघाट क्षेत्रमा हुने मेला महोत्सवमा ठूलो सङ्ख्यामा तीर्थालु भक्तजनहरु आउने गर्दछन् । चितवनतर्फको भाग अतिक्रमित संरचनाले भरिएसँगै मेला महोत्सव व्यवस्थापनमा समेत कठिनाइ हुने गरेको घिमिरेको भनाइ छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











