सहज बन्दै पुनःनिर्माण
काठमाण्डौ । नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सामाजिक तथा प्राविधिक सहजीकरण तथा परामर्श प्रदान गर्न नुवाकोट जिल्लामा सञ्चालित परियोजनाले उद्देश्यअनुरुप सबै सुविधा घरधनीलाई प्रदान गर्न थालेको छ । उक्त परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस(युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याएको हो । नेपाल सरकारद्वारा जारी भवन आचारसंहितानुरुप भूकम्पप्रतिरोधी घर बनाई पुनःनिर्माण प्रक्रियालाई गति दिनु परियोजनाको मुख्य उद्देश्य रहेको परियोजनाका प्रबन्धक निर्देशक अरुण शर्माले बताए ।
शर्मा भन्छन्, “२०१८ मार्चदेखि सञ्चालित यस परियोजनाले पहिलो कामअन्तर्गत नेपाल सरकारले दातृ निकायलाई प्रदान गरेको २३ हजार ८८ सय घरधनीको अवस्था के कस्तो छ भनी आधारभूत सर्वेक्षण गरेर घरधनीको पहिचान र अवस्थाको विवरण सङ्कलन गरेका थियौँ ।” भूकम्पछि नेपाल सरकारले आह्वान गरेको दाता सम्मेलनमा भारत सरकारद्वारा कबुल भएको मध्ये निजी आवास पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धतानुरुप नुवाकोटमा २३ हजार आठ सय र गोरखामा २६ हजार ९१२ घर नेपाल सरकारले पहिचान गरी भारत सरकारलाई नाम सूची प्रदान गरेको थियो ।”
परियोजनाले ठूला भूभाग ओगट्ने अवस्थालाई ध्यानमा राखेर २० स्थानमा प्राविधिक सहायता केन्द्र स्थापना गरी त्यसमार्फत निःशुल्क नक्शा प्रदान, निर्माणसम्बन्धी सल्लाहसुझाव प्रदान, निर्माण सुपरीवेक्षण, घरधनी सचेतनाका साथै घरधनी पहिचानमा छुटेका घरधनीको पहिचानजस्ता काम अघि बढाइरहेको छ । घरधनीकै अग्रसरतामा गरिने पुनःनिर्माणमा घरधनीको मानसिकतामा परिवर्तन ल्याउनु मुख्य पाटो रहने हुनाले परियोजनाले सचेतानात्मक कार्यक्रमअन्तर्गत कार्यक्षेत्रभरि १८० ठाउँमा ‘कचहरी’ शीर्ष नाटक प्रदर्शन गरेको थियो । परियोजनाका अनुसार सचेतनाकै लागि कार्यक्षेत्रबाट १८० युवामार्फत समुदाय संवाहक कार्यक्रम सञ्चालन गरी लगभग १२ हजार घरधुरीमा गई सचेतना प्रदान तथा लगत सङ्कलन गरेको थियो ।
यूएनओपिएसका अनुसार हालसम्ममा ८६ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् भने ११ प्रतिशत घरधनीको निर्माण जारी छ । बाँकी लाभग्राहीले निर्माण शुरु नगरेका परियोजनाले जनाएको छ । यसैगरी एक हजार २५३ घरधनीले प्राविधिक सहायता केन्द्रमार्फत निःशुल्क नक्शा प्राप्त गरिसकेका छन् । परियोजनाले समुदायलाई प्रचलित निर्माण आचरण सिकाउनका लागि कार्यस्थल तालीम र घर निर्माणका क्रममा भएका प्राविधिक त्रुटि सुधार्न ‘सुधारमा आधारित कार्यस्थल तालीम’ सञ्चालन गरी २१८ जनालाई डकर्मीको तालीमसमेत प्रदान गर्नाका साथै सुरक्षित आवास निर्माणमा १० हजार ४२३ घरधनीलाई मार्गदर्शन गरेको युएनओपिएसले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











