सहज बन्दै पुनःनिर्माण
काठमाण्डौ । नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सामाजिक तथा प्राविधिक सहजीकरण तथा परामर्श प्रदान गर्न नुवाकोट जिल्लामा सञ्चालित परियोजनाले उद्देश्यअनुरुप सबै सुविधा घरधनीलाई प्रदान गर्न थालेको छ । उक्त परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस(युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याएको हो । नेपाल सरकारद्वारा जारी भवन आचारसंहितानुरुप भूकम्पप्रतिरोधी घर बनाई पुनःनिर्माण प्रक्रियालाई गति दिनु परियोजनाको मुख्य उद्देश्य रहेको परियोजनाका प्रबन्धक निर्देशक अरुण शर्माले बताए ।
शर्मा भन्छन्, “२०१८ मार्चदेखि सञ्चालित यस परियोजनाले पहिलो कामअन्तर्गत नेपाल सरकारले दातृ निकायलाई प्रदान गरेको २३ हजार ८८ सय घरधनीको अवस्था के कस्तो छ भनी आधारभूत सर्वेक्षण गरेर घरधनीको पहिचान र अवस्थाको विवरण सङ्कलन गरेका थियौँ ।” भूकम्पछि नेपाल सरकारले आह्वान गरेको दाता सम्मेलनमा भारत सरकारद्वारा कबुल भएको मध्ये निजी आवास पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धतानुरुप नुवाकोटमा २३ हजार आठ सय र गोरखामा २६ हजार ९१२ घर नेपाल सरकारले पहिचान गरी भारत सरकारलाई नाम सूची प्रदान गरेको थियो ।”
परियोजनाले ठूला भूभाग ओगट्ने अवस्थालाई ध्यानमा राखेर २० स्थानमा प्राविधिक सहायता केन्द्र स्थापना गरी त्यसमार्फत निःशुल्क नक्शा प्रदान, निर्माणसम्बन्धी सल्लाहसुझाव प्रदान, निर्माण सुपरीवेक्षण, घरधनी सचेतनाका साथै घरधनी पहिचानमा छुटेका घरधनीको पहिचानजस्ता काम अघि बढाइरहेको छ । घरधनीकै अग्रसरतामा गरिने पुनःनिर्माणमा घरधनीको मानसिकतामा परिवर्तन ल्याउनु मुख्य पाटो रहने हुनाले परियोजनाले सचेतानात्मक कार्यक्रमअन्तर्गत कार्यक्षेत्रभरि १८० ठाउँमा ‘कचहरी’ शीर्ष नाटक प्रदर्शन गरेको थियो । परियोजनाका अनुसार सचेतनाकै लागि कार्यक्षेत्रबाट १८० युवामार्फत समुदाय संवाहक कार्यक्रम सञ्चालन गरी लगभग १२ हजार घरधुरीमा गई सचेतना प्रदान तथा लगत सङ्कलन गरेको थियो ।
यूएनओपिएसका अनुसार हालसम्ममा ८६ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् भने ११ प्रतिशत घरधनीको निर्माण जारी छ । बाँकी लाभग्राहीले निर्माण शुरु नगरेका परियोजनाले जनाएको छ । यसैगरी एक हजार २५३ घरधनीले प्राविधिक सहायता केन्द्रमार्फत निःशुल्क नक्शा प्राप्त गरिसकेका छन् । परियोजनाले समुदायलाई प्रचलित निर्माण आचरण सिकाउनका लागि कार्यस्थल तालीम र घर निर्माणका क्रममा भएका प्राविधिक त्रुटि सुधार्न ‘सुधारमा आधारित कार्यस्थल तालीम’ सञ्चालन गरी २१८ जनालाई डकर्मीको तालीमसमेत प्रदान गर्नाका साथै सुरक्षित आवास निर्माणमा १० हजार ४२३ घरधनीलाई मार्गदर्शन गरेको युएनओपिएसले जनाएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












