दोस्रो कार्यकालको सपथ लिँदै मोदी, मन्त्रिपरिषदमा को–को मन्त्री ?
काठमाडाैँ । लोकसभा चुनावमा अविश्वसनीय जीत निकालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालका लागि सपथ लिँदैछन्।
समारोहमा ४० देशका सरकारप्रमुखसहित झण्डै ८ हजार जनालाई आमन्त्रण गरिएको छ। मोदीले बिमस्टेक राष्ट्रहरुलाई प्राथमिकतामा राखेका छन्। नेपालबाट प्रधानमन्त्री केपी ओली सपथ कार्यक्रममा सामेल हुनेछन्। मोदीले पाकिस्तानी समकक्षीलाई इमरान खानलाई आमन्त्रण गरेका छैनन्।
बिम्स्टेक सदस्य राष्ट्र, मौरिसस र किर्गिजस्तानका सरकार वा राष्ट्र प्रमुखलाई सपथग्रहण समारोहमा उपस्थित हुन आमन्त्रण गरिएको छ। नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै दिल्ली पुगेका छन्। साँझ सपथग्रहण हुँदै गर्दा मोदी नेतृत्वमा सरकारमा को को मन्त्री हुँदैछन् भन्ने विषयमा समेत चर्चा शुरु भएको छ।
भारतीय सञ्चार माध्यमहरुले पार्टी अध्यक्ष अमित शाह मोदी नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको बताएका छन्। शाह गृह वा अर्थ मन्त्रालयका जिम्मेवारी पाउने समाचारहरु आएका छन्। पहिलो कार्यकाल अर्थ मन्त्री रहेका अरुण जेटलीले हिजो पत्र लेख्दै स्वास्थ्यका कारण नयाँ सरकारमा सहभागी नगराउन प्रधानमन्त्री मोदीलाई आग्रह गरेका छन्। अर्थ, गृह, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारीलाई चासोका साथ हेरिएको छ।
भारतीय सञ्चार माध्यमहरुले विभिन्न नेताहरुलाई अध्यक्ष अमित शाहले फोन गर्दै स्थानीय समयअनुसार साढे चार बजे प्रधानमन्त्री निवासमा उपस्थित हुन जानकारी गराएको जनाएको छ। सपथग्रहण साँझ सात बजे हुनेछ।
भारतीय सञ्चार माध्यमहरुमा आएका नामहरुमा सुषमा स्वराज, निर्मला सितारमण, स्मृति इरानी, अर्जुन मेघवाल, पियुष गोयल, मुख्तार अब्बास नकवी, जितेन्द्र सिंह, रविशंकर प्रसाद, प्रकाश जाबेडकर, किरण रिजिजु, बाबुल सुप्रियो, पुरुषोत्तम रुपाला, रामदास आठवले, राज्यवद्र्धन राठौर, कृष्णपाल गुर्जर, किशन रेड्डी, नीतिन गडकरी, सदानन्न गौडा, जयन्त सिंह, गिरिराज सिंह, दीलिप घोष मन्त्री हुने सूचीमा रहेको बताइएको छ। त्यसैगरी थवारचन्द्र गेहलोत, प्रह्लाद पटेल, कैलाश चौधरी, सुरेश अगेडी रावसाहेव दान्बे रहेका छन्।
भारतीय सञ्चार माध्यमहरुले ६ सांसद बराबर एक मन्त्री बनाउने योजनामा मोदी–शाह रहेको बताएका छन्। भाजपाले चुनावमा ३ सय ३ सीट जितेको थियो। जसअनुसार भाजपाबाट कम्तीमा ५० जना मन्त्री हुने अनुमान गरेका छन्। त्यसैगरी भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका अन्य सहयोगी दलहरुबाट मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नाम समेत आएको छ। रामविलास पासवान (लोकजनशक्ति पार्टी), अरविन्द सावन्त (शिवसेना), अनुप्रिया पटेल(अपना पार्टी), हरसिमरात कौर बादल (शिरोमणि अकाली दल) मन्त्री हुने बताइएको छ।
अमित शाह मन्त्रिपरिषदमा सहभागी भए पार्टी अध्यक्ष छाड्नु पर्ने हुन्छ। भाजपाका एक व्यक्ति एक पदको नियम रहेको छ। कुनै पनि नेता दुई कार्यकालभन्दा बढी अध्यक्ष पनि बन्न पाउँदैन।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












