दोस्रो कार्यकालको सपथ लिँदै मोदी, मन्त्रिपरिषदमा को–को मन्त्री ?
काठमाडाैँ । लोकसभा चुनावमा अविश्वसनीय जीत निकालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालका लागि सपथ लिँदैछन्।
समारोहमा ४० देशका सरकारप्रमुखसहित झण्डै ८ हजार जनालाई आमन्त्रण गरिएको छ। मोदीले बिमस्टेक राष्ट्रहरुलाई प्राथमिकतामा राखेका छन्। नेपालबाट प्रधानमन्त्री केपी ओली सपथ कार्यक्रममा सामेल हुनेछन्। मोदीले पाकिस्तानी समकक्षीलाई इमरान खानलाई आमन्त्रण गरेका छैनन्।
बिम्स्टेक सदस्य राष्ट्र, मौरिसस र किर्गिजस्तानका सरकार वा राष्ट्र प्रमुखलाई सपथग्रहण समारोहमा उपस्थित हुन आमन्त्रण गरिएको छ। नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै दिल्ली पुगेका छन्। साँझ सपथग्रहण हुँदै गर्दा मोदी नेतृत्वमा सरकारमा को को मन्त्री हुँदैछन् भन्ने विषयमा समेत चर्चा शुरु भएको छ।
भारतीय सञ्चार माध्यमहरुले पार्टी अध्यक्ष अमित शाह मोदी नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको बताएका छन्। शाह गृह वा अर्थ मन्त्रालयका जिम्मेवारी पाउने समाचारहरु आएका छन्। पहिलो कार्यकाल अर्थ मन्त्री रहेका अरुण जेटलीले हिजो पत्र लेख्दै स्वास्थ्यका कारण नयाँ सरकारमा सहभागी नगराउन प्रधानमन्त्री मोदीलाई आग्रह गरेका छन्। अर्थ, गृह, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारीलाई चासोका साथ हेरिएको छ।
भारतीय सञ्चार माध्यमहरुले विभिन्न नेताहरुलाई अध्यक्ष अमित शाहले फोन गर्दै स्थानीय समयअनुसार साढे चार बजे प्रधानमन्त्री निवासमा उपस्थित हुन जानकारी गराएको जनाएको छ। सपथग्रहण साँझ सात बजे हुनेछ।
भारतीय सञ्चार माध्यमहरुमा आएका नामहरुमा सुषमा स्वराज, निर्मला सितारमण, स्मृति इरानी, अर्जुन मेघवाल, पियुष गोयल, मुख्तार अब्बास नकवी, जितेन्द्र सिंह, रविशंकर प्रसाद, प्रकाश जाबेडकर, किरण रिजिजु, बाबुल सुप्रियो, पुरुषोत्तम रुपाला, रामदास आठवले, राज्यवद्र्धन राठौर, कृष्णपाल गुर्जर, किशन रेड्डी, नीतिन गडकरी, सदानन्न गौडा, जयन्त सिंह, गिरिराज सिंह, दीलिप घोष मन्त्री हुने सूचीमा रहेको बताइएको छ। त्यसैगरी थवारचन्द्र गेहलोत, प्रह्लाद पटेल, कैलाश चौधरी, सुरेश अगेडी रावसाहेव दान्बे रहेका छन्।
भारतीय सञ्चार माध्यमहरुले ६ सांसद बराबर एक मन्त्री बनाउने योजनामा मोदी–शाह रहेको बताएका छन्। भाजपाले चुनावमा ३ सय ३ सीट जितेको थियो। जसअनुसार भाजपाबाट कम्तीमा ५० जना मन्त्री हुने अनुमान गरेका छन्। त्यसैगरी भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका अन्य सहयोगी दलहरुबाट मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नाम समेत आएको छ। रामविलास पासवान (लोकजनशक्ति पार्टी), अरविन्द सावन्त (शिवसेना), अनुप्रिया पटेल(अपना पार्टी), हरसिमरात कौर बादल (शिरोमणि अकाली दल) मन्त्री हुने बताइएको छ।
अमित शाह मन्त्रिपरिषदमा सहभागी भए पार्टी अध्यक्ष छाड्नु पर्ने हुन्छ। भाजपाका एक व्यक्ति एक पदको नियम रहेको छ। कुनै पनि नेता दुई कार्यकालभन्दा बढी अध्यक्ष पनि बन्न पाउँदैन।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












