गृहमन्त्री बादलको जवाफः गुठी विधेयक विरोधी प्रदर्शन शान्तिपूर्ण थिएन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघरमा गुठी विधेयकविरुद्ध प्रदर्शन गर्नेहरुमाथि पानीको फोहरा हान्दासमेत भीड नियन्त्रणमा नआएपछि प्रहरीले गरेको बल प्रयोग गरेको स्पष्टीकरण दिएका छन् ।
सोमबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयका बोल्दै गृहमन्त्री थापाले प्रदर्शनकारीले सडकै सुतेर बाटो अवरोध गरेको र प्रहरीले पटक पटक माइकिङ गर्दा समेत अटेर गरेपछि सामान्य बल प्रयोग गरेको बताए ।
‘कानून विपरीत सडक अवरोध गर्ने र प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्दा केही प्रहरी घाइते भए’, गृहमन्त्री थापाले अगाडि भने, ‘त्यसपछि सवारी साधानको घर र सर्वसाधारणको ज्यानको क्षती हुन नदिन प्रहरीले पानीको फोहोरा प्रहार गर्दा समेत भिड नियन्त्रमा नआएकोले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो । सोधपुछ गरेर छाडिएको छ ।’
गुठीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतबार माइतीघरमा प्रदर्शन भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका थिए ।
प्रहरी धरपकडको विरोधमा प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको थियो ।
गृहमन्त्री थापाले प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकारको उपयोग गर्दा प्रचलित कानून, सार्वजनिक हित र नागरिक कर्तव्यप्रति सचेत रहन पनि अपील गरे । आइतबारको घटनामा प्रहरी दोषी रहेको पाइए कारबाही गर्ने उनको प्रतिवद्धता छ । ‘हिजो भएको घटनामा कानून विपरीत बल प्रयोग भएको वा नभएको छानबिनबाट आउँछ । त्यसआधारमा आवश्यक कारबाही गर्छौं,’ उनले भने ।
गृहमन्त्री थापाले घटनामा केही प्रदर्शनकारी र प्रहरी घाइते भएको उल्लेख हुन त्यसप्रति दुखः प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












