काफल बेचेर वर्षदिनको घरखर्च जोहो गर्दै महिला
लमही (दाङ)। दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।
विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् ।
दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल बेच्नेको ताति नै लाग्ने गरेको छ ।
दाङका विभिन्न बजारमा काफल बेचेर उनीहरुले दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेका छन् । सल्यान कपुरकोटबाट ल्याएका काफल बेचेर मात्रै दैनिक चार हजारसम्म आम्दानी गर्ने गरेको तुलसीपुर बजारमा काफल बेच्दै आएकी धनसरी घर्तीले बताउँछिन् । ‘दिनमा चार हजारसम्म कमाइ हुन्छ’, उनले भने, ‘कहिलेकहीँ त त्योभन्दा बढी पनि हुन्छ ।’
दिनभरि काफल टिपेर भोलिपल्ट बिहानै तुलसीपुर बजारमा काफल बच्ने गरेको तुलसरा विकले बताए । ‘बुढा कामको सिलसिलामा काभ्रे पलाञ्चोक बस्नुहुन्छ, यहाँ मैले काफल बेचेर घरखर्च चलाउँछुु, उनले भने, ‘बुढाको कमाई सबै बचत गरेको छु ।’
त्यस्तै बिहानै कपुरकोटबाट तुलसीपुरमा काफल बेच्न आउने गरेकी शिवा पुनले पनि काफल हुने मौसममा राम्रो आम्दानी गर्ने गरेको बताइन् । एक महिनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गरेको उनको भनाइ छ ।
अहिले बजारमा एक मानोको ३० मा बेच्ने गरिएको उनले बताइन् । ‘पोहोरसाल रु २५ मा बेच्ने गरेका थियौँ’, उनले भनिन्, ‘अहिले ३० मा हामीले काफल बेच्ने गरेका छौँ ।’
त्यस्तै तुलसीपुरकी तारा नेपालीले पनि काफलबाटै घरपरिवार पाल्दै आएकी छन् । अरुले टिपेको काफललाई खरिद गरेर बेच्दै आएकी छन् । उनले आफैँ टिप्न नसक्ने भएकाले अरुले ल्याएको काफल खरिद गरेर बेच्ने गरेको बताइन् । ‘आफैंले टिपेर ल्याएर अलि बढी आम्दानी त गर्न सकिन्छ, तर अरुले ल्याएको काफललाई खरिद गरेर बिक्री गर्दा पनि राम्रै हुन्छ’, उनले भनिन्, ‘त्यसो गर्दा पनि दैनिक रु ५०० सम्म आम्दानी हुने गरेको छ ।’
यो समयमा यहाँका महिलाले काफल बेचेरै आफ्नो दैनिकी चलाउने गरेका छन् । अहिले दाङका बजारमा काफल बेच्ने महिला धेरै छन् । तुलसीपुर बजारमा कपुरकोटबाट, घोराहीलगायत आसपासका बजारमा रोल्पाबाट तथा लमही, भालुबाङ बजारमा प्यूठानबाट काफल आउने गरेको छ ।
गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ । अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन् ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











