घारिलो हतियार प्रयोगबाट अज्ञात समूहद्वारा आमाछोरी गम्भीर घाइते, सांसद रोकाको पहलमा हेलिकप्टरबाट उद्धार
रुकुम पूर्व । यार्सागुम्बा संकलनका लागि रुकुम पूर्वको मैकोटमा गएका आमाछोरीमाथि अज्ञात समूहद्वारा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाइएपछि उद्धारका लागि हेलिकप्टर मार्फत टिचिङ अस्पतालमा ल्याइएको छ ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोका र पूर्वआपूर्तिमन्त्री गणेशमान पुनको विशेष पहलमा उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मैकोट पुगेको थियो । यसका साथै, यार्सा संकलनको क्रममा भीरबाट लडेर घाइते भएका रोल्पा थवाङका चिन्तन विकलाई समेत हेलिकप्टटरबाट उद्धार गरेर काठमाडाैं ल्याइएको हो ।
मैकोटमा यार्सा संकलन गरेर घर फर्कदै गरेका आमाछोरी ३८ वर्ष की जुनकुमारी पुन र १४ वर्ष की रश्मी पुनमाथि अज्ञात समूहद्वारा यार्सा संकलन गरेर कमाएको पैसासहित उनीहरुले लगाएको गरगहना समेत लुटेर धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते बनाइएको सांसद रोकाले जनाएकी छन् ।
सांसद रोका र पूर्वमन्त्री पुनको पहलमा उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडाैंमा ल्याएको हो । गम्भीर घाइते बनेका आमाछोरीलाई स्थानिय स्तरमा सामान्य आैषधि उपचार गरिएपनि थप उपचार संभव नभएपछि उनीहरुको उद्धार गर्नु परेको पूर्वमन्त्री पुनले जनाएका छन् ।
गम्भीर घाइते आमाछोरीमाथि हिजो साझ साढे ७ बजे तिर धारिलो हतियारको प्रयोगबाट लुटपाट गरिएको जनाइएको छ ।
यस्तै, रोल्पा थवाङका ५८ वर्षीया चिन्तन विक समेत यार्ससा संकलनको क्रममा मैकोटको पुर्वाङमा भिरबाट लडेर गम्भीर
घाइते बनेका थिए ।
सांसद रोका र पूर्वमन्त्री पुन रुकुम पूर्वका नेता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय कमिटि सदस्य समेत हुन् ।
तर, स्थानिय प्रहरीले गम्भीर घाइते बनेका तीन जनाको उपचार या अन्य आपतकालिन उद्धारका लागि पन्छिन खोजेको आरोप स्थानियले लगाएका छन् । प्रहरीले विपद् व्यवस्थापनको बारेमा प्रहरीले केहि गर्न नसक्ने र कार्यक्षेत्र नै नपर्ने भन्दै प्रहरीले चासो नदेखाएपछि समस्या परेको जनाइएको छ ।
गम्भीर घाइते तीन जनाको उद्धारमा गृहमन्त्रालयको सहकार्यमा उद्धार हुन लागेको सांसद रोकाले जनाइन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...


















