उर्जामन्त्री पुनको प्रश्नको ट्वीटरमार्फत चिनियाँ राजदूतको कूटनीतिक जवाफ
काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा चिनियाँ कम्पनीको काम गराइप्रति असन्तुष्टि जनाए ।
गएराति नै चिनियाँ राजदूतले ऊर्जामन्त्री पुनको प्रश्नको जवाफ कुटनीतिक रुपमा ट्वीटरमार्फत पनि फर्काएकी छन् । ‘नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो,’ राजदूत होउले ट्वीट गरेकी छन् ।
उनले तयार भएको तामाकोसीको ड्याम साइट र सुरुङको फोटो राख्दै कुटनीतिक रुपमा चिनियाँ कम्पनीबारे मन्त्रीले गरेको प्रश्नमा जवाफ फर्काएकी हुन् । यहाँ चीनको सिनो हाइड्रो कर्पोरेसन कम्पनीले काम गरिरहेको छ ।
The Biggest Hydropower Project In Nepal Under Construction by Sinohydro Corporation LTD.
नेपालमा निर्माण भइरहेका जलवीद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो । pic.twitter.com/TVgX20gaE5— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 25, 2019
मंगलबारको भेटमा मन्त्री पुनले अन्य देशमा राम्रो काम गर्ने चिनियाँ कम्पनीहरु नेपालमा आएर भने राम्रो कार्यसम्पादन गर्न नचाहेको देखिएको बताएका थिए । ‘चिनियाँ कम्पनीले अन्य देशमा राम्रो काम गरिरहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ ?,’ राजदूतसँग मन्त्री पुनले राखेको जिज्ञासा उद्धृत गर्दै मन्त्री पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो ।
राजदूतसँगको भेटमा ऊर्जामन्त्री पुनले नेपालको कारणले काममा ढिलाइ भएको भए संयन्त्र सुधार्ने पनि बताएका थिए ।
जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीको काममा भएको समस्याबारे अध्ययन गरिरहेको बताएकी थिइन् । उनले नेपाल आउने चिनियाँ कम्पनीले भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण लगायतका समस्या भोगिरहेको बताएकी थिइन् ।
चिनियाँ कम्पनीले काम गरिरहेको त्रिशूली थ्री एमा ढिलाइ भइरहेको छ । त्रिशूली थ्री एको पहिलो ३० यूनिटबाट बिजुली उत्पादन सुरु भएपनि दोस्रो यूनिटको काममा नेपाल सरकार सन्तुष्ट छैन ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











