आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ११ को घोषणा
काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत् शीर्ष ११ को टुंगो लगाएको हो ।
यी ३ विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका उत्कृष्ट ११ प्रतिष्पर्धीको नाम सार्वजनिक गरिएकाे जानकारी जुरी समूहले दिएकाे छ । आइसिटी स्टार्टअप अवार्ड २०१९ अन्तर्गत विभिन्न ९ विधाका लागि १ सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेशनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको अधारमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डको लागि उत्कृष्ट ११ को छनौट गरिएको हो ।
यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजी, सिनिकल टेक्नोलोजी प्रालि, ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी प्रालि, किताब यात्रा प्रालि, यति बुक्स स्टोर, टायर ट्रिजर्स, युजी केक्स प्रालि, उनेल्मा प्लाटफर्म र वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् । स्टार्टअप आइसिटी अवार्डमा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा क्राइटेरियामा परेका कम्पनीहरुलाई छनाेट प्रक्रियामा समावेश गरिएको थियो ।
त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०१९ अन्तर्गत कुल २६ प्रडक्टको अनलाइन आवेदन परेको थियो । यसअन्तर्गत शीर्ष ११ मा विधामा, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका छन् ।
त्यसैगरी राइजिङ आइसिटी अवार्ड २०१९ मा कुल २० ओटा आवेदन परेको थियो । कलेज पढ्दै गरेका विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्टहरुबीच प्रतिष्पर्धा गराइने यो विधाबाट उत्कृष्ट ११ मा बचाओ एप, हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान, स्मार्ट बोट फर रेक्स्यु, वाटर टेस्टर एप, इमेज सर्भ इन्जिन, नेपाली स्टेमिङ, भिनसेल फेस र ट्रिप सहयात्री छानिन सफल भएका छन् ।
यी तीन विधाका उत्कृष्ट ११ ले आगामी असार २८ गते शनिवार ११ जना जुरीको माझ प्रेजेन्टेशन, स्पिड डेटिङ र अन्तवार्ता सेसनमा सहभागी हुने छन् । त्यसबाट छानिएका उत्कृष्ट ५/५ प्रतिष्पर्धीका लागि अनलाइन तथा एसएमएस भोटिङ सुरु हुने छ । यस वर्ष उत्कृष्ट ११ मा प्रत्येक विधामा २ भन्दा बढि प्रतिस्प्रधिहरु काठमाण्डौ वाहिरबाट समावेश भएका छन ।
जुरीहरुबाट प्राप्त जानकारीअनुसार पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्ट्रप्रनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०१९ को छनोट प्रक्रिया जारी रहेको छ । जुरी समुहले यी विधामा प्राप्त डकुमेन्ट र प्रोफाइल अध्ययन गरिरहेको जानकारी दिएको छ । विभिन्न चरणका छनौटहरुसँगै यस वर्ष फिल्ड भिजिटकाे कार्यक्रम समेत समावेश गरिएको छ ।
साउन ३२ गते अवार्ड वितरण समाराेहकाे आयोजना गरिने छ । साे समाराेहकाे विभिन्न टेलिभिजन, अनलाइन मिडिया, फेसबुक, हाम्रो पात्रो एप लगायतमा प्रत्यक्ष प्रसारण हुनेछ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











