आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ११ को घोषणा
काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत् शीर्ष ११ को टुंगो लगाएको हो ।
यी ३ विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका उत्कृष्ट ११ प्रतिष्पर्धीको नाम सार्वजनिक गरिएकाे जानकारी जुरी समूहले दिएकाे छ । आइसिटी स्टार्टअप अवार्ड २०१९ अन्तर्गत विभिन्न ९ विधाका लागि १ सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेशनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको अधारमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डको लागि उत्कृष्ट ११ को छनौट गरिएको हो ।
यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजी, सिनिकल टेक्नोलोजी प्रालि, ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी प्रालि, किताब यात्रा प्रालि, यति बुक्स स्टोर, टायर ट्रिजर्स, युजी केक्स प्रालि, उनेल्मा प्लाटफर्म र वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् । स्टार्टअप आइसिटी अवार्डमा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा क्राइटेरियामा परेका कम्पनीहरुलाई छनाेट प्रक्रियामा समावेश गरिएको थियो ।
त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०१९ अन्तर्गत कुल २६ प्रडक्टको अनलाइन आवेदन परेको थियो । यसअन्तर्गत शीर्ष ११ मा विधामा, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका छन् ।
त्यसैगरी राइजिङ आइसिटी अवार्ड २०१९ मा कुल २० ओटा आवेदन परेको थियो । कलेज पढ्दै गरेका विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्टहरुबीच प्रतिष्पर्धा गराइने यो विधाबाट उत्कृष्ट ११ मा बचाओ एप, हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान, स्मार्ट बोट फर रेक्स्यु, वाटर टेस्टर एप, इमेज सर्भ इन्जिन, नेपाली स्टेमिङ, भिनसेल फेस र ट्रिप सहयात्री छानिन सफल भएका छन् ।
यी तीन विधाका उत्कृष्ट ११ ले आगामी असार २८ गते शनिवार ११ जना जुरीको माझ प्रेजेन्टेशन, स्पिड डेटिङ र अन्तवार्ता सेसनमा सहभागी हुने छन् । त्यसबाट छानिएका उत्कृष्ट ५/५ प्रतिष्पर्धीका लागि अनलाइन तथा एसएमएस भोटिङ सुरु हुने छ । यस वर्ष उत्कृष्ट ११ मा प्रत्येक विधामा २ भन्दा बढि प्रतिस्प्रधिहरु काठमाण्डौ वाहिरबाट समावेश भएका छन ।
जुरीहरुबाट प्राप्त जानकारीअनुसार पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्ट्रप्रनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०१९ को छनोट प्रक्रिया जारी रहेको छ । जुरी समुहले यी विधामा प्राप्त डकुमेन्ट र प्रोफाइल अध्ययन गरिरहेको जानकारी दिएको छ । विभिन्न चरणका छनौटहरुसँगै यस वर्ष फिल्ड भिजिटकाे कार्यक्रम समेत समावेश गरिएको छ ।
साउन ३२ गते अवार्ड वितरण समाराेहकाे आयोजना गरिने छ । साे समाराेहकाे विभिन्न टेलिभिजन, अनलाइन मिडिया, फेसबुक, हाम्रो पात्रो एप लगायतमा प्रत्यक्ष प्रसारण हुनेछ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












