• Home
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • अर्थ र बाणिज्य
  • कला र साहित्य
  • अपराध
  • सूचना प्रविधि
  • विश्व प्रवास
  • अन्तर्वार्ता
  • भिडियो
ताजा समाचार
  • >>केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
  • >>चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
  • >>‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
  • >>निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
  • >>नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

प्रदेश
- न्युज-नेपाल
       
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ ।
मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको धनगढी उपमहानगर–१३ का बलराम चौधरीले बताए।
“साउन महीनाको दोस्रो हप्तासम्म पनि कैलालीमा राम्रो वर्षा हुन नसकेर बालीमा विभिन्न रोगको समस्या देखिने हो कि भन्ने चिन्ता लागेको छ”, चौधरीले भन्नुभयो, “पहिलेपहिले इन्द्रदेव भगवान्सँग वर्षा माग्न भ्यागुताको बिहे गर्ने प्रचलन थारु समुदायमा थियो अहिले त्यो पनि हराउन थालेको छ ।” दुई हप्ताअघि पनि देशका अन्य भेगमा ठूलो मनसुनी वर्षा हुँदा कैलाली कञ्चनपुरमा पर्याप्त वर्षा हुन सकेको थिएन ।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएका  छन् । “यसपालीको वर्षायाममा गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो”, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भन्नुभयो, “त्यसयता ठूलो वर्षा हुन सकेको छैन ।”पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताएका छन् । नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुनी वर्षा हुने गर्छ ।

Comments

प्रकाशित मिति : 2019-07-29

अरु समाचार

  • हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी

    काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...

  • हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...

  • उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ? उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?

    काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...

  • डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग

    काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...

  • झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने ! झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...

  • काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी

    काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...

  • निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित

    काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...

  • अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार

    धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...

  • ‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’ ‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’

    काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...

Follow me on Twitter

Tweets by @newsnepal2

ब्लग/विचार

  • चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
    चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
  • राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
    राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
  • ‘कानुन निर्माणमा संसद् सकारात्मक र  दृढताका साथ लागेको छ’ : सुहाङ
    ‘कानुन निर्माणमा संसद् सकारात्मक र  दृढताका साथ लागेको छ’ : सुहाङ
  • डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
    डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
  • ‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
    ‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’

लोक्रप्रिय

  • नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-'अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल'
    नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-‘अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल’
  • राष्ट्रवादको नारा लगाउने एमालेका हेर्नुहोस् २४ राष्ट्रघात
    राष्ट्रवादको नारा लगाउने एमालेका हेर्नुहोस् २४ राष्ट्रघात
  • गमबहादुरकाे चिनियाँ व्यवसायीको करोडौँ डुवाउने याेजना छताछुल्ल
    गमबहादुरकाे चिनियाँ व्यवसायीको करोडौँ डुवाउने याेजना छताछुल्ल
  • मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्मा
    मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्मा
  • दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको  फुड हामी खुवाउँछौं
    दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको फुड हामी खुवाउँछौं

प्रकाशक: सजिव कालाखेती

सम्पादकः केशवप्रसाद भट्टराई

अनामनगर २९ काठमाण्डौं

इमर्शन मल्टि मिडिया प्रा लि


दर्ता नम्बर: ३८४२-२२०७९-८०

सम्पर्क नम्बर: ०१-५७०५१४७

Quick Navigation

  • राजनीति
  • देश
  • अर्थ बाणिज्य
  • खेलकुद
  • कला सहित्य मनोरंजन
  • अपराध
  • प्रबिधि
  • विचार ब्लग
© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org