सभामुख महराले किन गरे आफ्ना विरुद्ध नारा नलगाउन विपक्षी सांसदलाई रुलिङ ?
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्काे प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पनि संसदमा अवरोध गरेका छन्।
संसदीय समिति गठनको माग गर्दै उनीहरुले केही दिनदेखि सदन अवरुद्ध गर्दै आएका छन्।
आज पनि सभामुख कृष्णबहादुर महराले संसद बैठक सुरु गर्ने वित्तिकै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उठेर विरोध गरेका थिए। विरोधमा उठेलगत्तै सभामुख महराले बसेर सदनको कारबाही अगाडि बढाउन सहयोग गरिदिन पटकपटक आग्रह गरे। तर उनीहरुले अटेर गरेपछि कारबाही अगाडि बढाउँदै शून्य समयका लागि समय दिए।
लगत्तै प्रतिपक्षी कांग्रेस र राजपाका सांसद बेल घेर्न पुगे र नारावाजी गर्न थाले। संसदीय सर्वोच्चता कायम गर्न माग गर्दै उनीहरुले नारा लगाइराख्दा सभामुख महराले माइक भने बन्द गरिदिएका थिए।
उनीहरुले प्रहरीले दोहोरो भिडन्तमा मारिएको दावी गरेका नेत्रविक्रम चन्द विप्लवका नेता कुमार पौडेल लगायतको गैरन्यायिक हत्याको छानविन गर्न समिति गठन हुनुपर्ने माग गर्दै आएका छन्।
त्यस्तै असार १५ गते पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो।
सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो।
यी दुई घटनामा उनीहरुले संसदीय छानविन हुनुपर्ने भन्दै आएका छन्।
तर सरकारले यसको आवश्यकता नभएको भन्दै आएको छ। उनीहरुले भने सत्यतथ्य छानविन गर्न समिति गठन हुुनुपर्ने माग गरेका छन्।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












