प्रभुको बैंकिङ सेवा डोल्पाको शे-फोक्सुण्डो र तनहुँको बन्दीपुर गाउँपालिकामा विस्तार
काठमाडाैं । प्रभु बैंक लिमिटेडले कर्णालीको विकट जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा शाखा विस्तार गरेको छ ।
बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्यधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
नेपालकै अति विकट मानिएको गाउँपालिकामा शाखा कार्यालय विस्तार गरेर बैंकले बैंकिङ सेवा दिएको हो।यातायात,संचार र विद्युत आपूर्ति समेत नभएको स्थानमा बैंकले सौर्य उर्जाबाट विद्युत निकालेर भिस्याट प्रविधिमार्फत अत्याधुनिक बैंकिङ सेवा दिएको छ।शाखा स्थापनाका लागि आवश्यक पर्ने निर्माण सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो
त्यसैगरी तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखा कार्यालयको रुपमा डुम्रे शाखा कार्यालय सञ्चालनमा ल्याएको प्रभु बैंकले जनाएको छ ।
Comments
अरु समाचार
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...











