हचुवामा संविधान संशोधन हुँदैनः मन्त्री बाँस्कोटा
जनकपुर । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले औचित्य र आवश्यकता पुष्टि नहुन्जेल संविधान संशोधन नहुने जनाएका छन् ।
जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘किन र के का लागि संशोधन? औचित्य पुष्टि गर्नुपर्यो नि? यो संविधान सबै संलग्न भएर जारी गरिएको हो। मधेवादी दलले नै सरकार चलाई रहेका छन् नि? उनले भने।हचुवाको भरमा संविधान संशोधन गर्ने कुरा त आउदैनन नि ।’
यस्तै मन्त्री बाँस्कोटाले लोकसेवा आयोगको विज्ञापन समेत संविधान र कानुन सम्मत रहेको दाबी गरेका छन् । मन्त्री बाँस्कोटाले थप्दै भने, ‘जहाँसम्म आरक्षाणको व्यवस्था छ यो सधैं चल्दैन । हामी गरिबीविरुद्ध वा आरक्षणका लागि लड्दै छौं ? कुनै खासलाई आरक्षण होइन । आर्थिक हैसियतको आधारमा तल परेकालाईमाथि उकास्न आरक्षण दिने हो।’
यद्यपी उनले लाल आयोगको प्रतिवेदन अध्ययनको क्रममा रहेकाले त्यसलाई अध्ययन पश्चात सार्वजनिक गरिने समेत बताए ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











