‘जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ’: सभापति देउवा
काठमाडाैँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गरेका छन ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले सो सम्मान गरेका हुन । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको छ ।
२०५३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी रु ३३ हजार ३३३ रहेकोमा यस वर्षबाट वृद्धि गरी रु ५५ हजार ५५५ पुर्याइएको छ । सो अवसरमा सभापति देउवाले पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक भएको बताउँदै “जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, जहाँ स्वतन्त्र पत्रकारिता हुन्छ त्यहाँ प्रजातन्त्र हुन्छ भने ।” उनले भने, “प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपूरक छन् ।”
पत्रकारले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी सरकारले विधेयक ल्याउन लागिएको उल्लेख गर्दै उहाँले त्यस्तो विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने बताए।
सभापति देउवाले नेपाली सेना सुरक्षा परिषद्बाट परिचालन हुने गरेकोमा अहिले भने व्यक्तिगत रुपमा परिचालन गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे । काङ्ग्रेसले प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गरिरहेको बताउँदै उहाँले कम्युनिष्ट पार्टीले जस्तो कुर्सी भाँच्ने, रेलिङ तोडफोड गर्ने नभई शान्तिपूर्ण विधि र प्रक्रियाका माध्यमबाट अघि बढेको स्पष्ट पारे ।
सभापति देउवाले वर्तमान सरकारले शक्ति केन्द्रित गर्ने गरी विभिन्न विधेयक ल्याएको बताउँदै गलत मनसायका साथ आएका मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगायतलाई संसद्बाटै रोकिने धारणा व्यक्त गरे ।
दयाशंकर पालिखेसहित पालिखे परिवारले देशका प्रजातान्त्रिक आन्दोलनमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा पनि उनले गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा समितिले पत्रकारहरुको हकहितमा महत्वपूर्ण कार्य गरेको बताए।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संसद्मा रहेको मिडिया काउन्सिल विधेयक संशोधनसहित आउने प्रतिबद्धता सरकारले गरेका कारण महासङ्घको आन्दोलन हाललाई स्थगित गरिएको उल्लेख गर्दै स्वतन्त्र प्रेस विरोधी प्रावधान हटाउनका लागि पहल गर्न सभापति देउवलाई आग्रह गरे ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पत्रकारिता र प्रजातन्त्र एक अर्कासँग अन्तरसम्बन्धित भएको बताउँदै आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा भएको धारणा राखे ।
नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रका मूल्य मान्यताबाट वर्तमान सरकारले पालना नगरेको बताउँदै यसको मूल्य मान्यतालाई आत्मसात गर्न आग्रह गरे । पुरस्कृत व्यक्तित्व रवीन्द्रनाथ बाँस्तोलाले आफूलाई गरेको यो सम्मानले अझै जिम्मेवार र क्रियाशिल बनाउने धारणा राखे ।
प्राप्त पुरस्कार राशीलाई बीउ पूँजी रहने गरी यसमा रकम थप गर्दै आफ्ना बाबुआमाको नाममा वार्षिक रुपमा प्रदान गर्ने गरी रु २५ हजार ५५५ को ‘विश्व–रेवती शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गरे । सो पुरस्कारको सञ्चालन नेपाल पत्रकार महासङ्घ कास्की शाखाले गर्नेछ । पालिखे परिवारका सदस्य सुनयना पालिखेले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका स्व बुवा दयाशंकर पालिखेको स्मृतिमा आफूहरूले वर्षेनी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताए ।
पोखराको सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी स्व आमा उत्तराकुमारी पालिखेको स्मृतिमा आफ्नो परिवारले यसै वर्षदेखि सामाजिक जागरणमा क्रियाशिल एक जना महिलालाई वर्षेनी पुरस्कृत गर्ने गरी रु दुई लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा पनि उनले गरे ।
अन्नपूर्ण एफ एम ९३ दशमलव ४ ले सञ्चालन गर्ने गरी सो पुरस्कार एफएमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












