‘जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ’: सभापति देउवा
काठमाडाैँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गरेका छन ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले सो सम्मान गरेका हुन । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको छ ।
२०५३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी रु ३३ हजार ३३३ रहेकोमा यस वर्षबाट वृद्धि गरी रु ५५ हजार ५५५ पुर्याइएको छ । सो अवसरमा सभापति देउवाले पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक भएको बताउँदै “जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, जहाँ स्वतन्त्र पत्रकारिता हुन्छ त्यहाँ प्रजातन्त्र हुन्छ भने ।” उनले भने, “प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपूरक छन् ।”
पत्रकारले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी सरकारले विधेयक ल्याउन लागिएको उल्लेख गर्दै उहाँले त्यस्तो विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने बताए।
सभापति देउवाले नेपाली सेना सुरक्षा परिषद्बाट परिचालन हुने गरेकोमा अहिले भने व्यक्तिगत रुपमा परिचालन गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे । काङ्ग्रेसले प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गरिरहेको बताउँदै उहाँले कम्युनिष्ट पार्टीले जस्तो कुर्सी भाँच्ने, रेलिङ तोडफोड गर्ने नभई शान्तिपूर्ण विधि र प्रक्रियाका माध्यमबाट अघि बढेको स्पष्ट पारे ।
सभापति देउवाले वर्तमान सरकारले शक्ति केन्द्रित गर्ने गरी विभिन्न विधेयक ल्याएको बताउँदै गलत मनसायका साथ आएका मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगायतलाई संसद्बाटै रोकिने धारणा व्यक्त गरे ।
दयाशंकर पालिखेसहित पालिखे परिवारले देशका प्रजातान्त्रिक आन्दोलनमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा पनि उनले गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा समितिले पत्रकारहरुको हकहितमा महत्वपूर्ण कार्य गरेको बताए।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संसद्मा रहेको मिडिया काउन्सिल विधेयक संशोधनसहित आउने प्रतिबद्धता सरकारले गरेका कारण महासङ्घको आन्दोलन हाललाई स्थगित गरिएको उल्लेख गर्दै स्वतन्त्र प्रेस विरोधी प्रावधान हटाउनका लागि पहल गर्न सभापति देउवलाई आग्रह गरे ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पत्रकारिता र प्रजातन्त्र एक अर्कासँग अन्तरसम्बन्धित भएको बताउँदै आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा भएको धारणा राखे ।
नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रका मूल्य मान्यताबाट वर्तमान सरकारले पालना नगरेको बताउँदै यसको मूल्य मान्यतालाई आत्मसात गर्न आग्रह गरे । पुरस्कृत व्यक्तित्व रवीन्द्रनाथ बाँस्तोलाले आफूलाई गरेको यो सम्मानले अझै जिम्मेवार र क्रियाशिल बनाउने धारणा राखे ।
प्राप्त पुरस्कार राशीलाई बीउ पूँजी रहने गरी यसमा रकम थप गर्दै आफ्ना बाबुआमाको नाममा वार्षिक रुपमा प्रदान गर्ने गरी रु २५ हजार ५५५ को ‘विश्व–रेवती शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गरे । सो पुरस्कारको सञ्चालन नेपाल पत्रकार महासङ्घ कास्की शाखाले गर्नेछ । पालिखे परिवारका सदस्य सुनयना पालिखेले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका स्व बुवा दयाशंकर पालिखेको स्मृतिमा आफूहरूले वर्षेनी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताए ।
पोखराको सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी स्व आमा उत्तराकुमारी पालिखेको स्मृतिमा आफ्नो परिवारले यसै वर्षदेखि सामाजिक जागरणमा क्रियाशिल एक जना महिलालाई वर्षेनी पुरस्कृत गर्ने गरी रु दुई लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा पनि उनले गरे ।
अन्नपूर्ण एफ एम ९३ दशमलव ४ ले सञ्चालन गर्ने गरी सो पुरस्कार एफएमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












