प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदलाई सम्बोधन गर्ने भएका छन् ।
बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालय तथा सरकारका विषयमा उठेका प्रश्नहरुलाई जवाफ दिनेगरी सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले ‘वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्। राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जनाएको छ।
श्रेष्ठले नै गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नेछन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ भने मन्त्री खनालले नै ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक, छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले ‘राष्ट्रिय खेलकुद विकास विधेयक, दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने खानेपानीमन्त्री विना मगरले ‘खानेपानी तथा सरसफाइ विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी (आठौ संशोधन) विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












