अरिङ्गालको परिकार ग्राहकको रोजाइमा
म्याग्दी । जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।
म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित होटलमा अरिङ्गालको परिकारको माग बढेको छ । जङ्गलमा पाइने अरिङ्गालको माग बढेसँगै व्यापार पनि बढेको व्यवसायी बताउँछन् । गत वर्ष अरिङ्गालको ‘फ्राई’ बिक्री गरेर रु चार लाख आम्दानी गरेकी बेनी नगरपालिकाका सिर्जना भट्टचन अहिले पनि अरिङ्गालको परिकार बनाउन व्यस्त देखिन्छन् ।
मौसम शुरु भएसँगै उनको होटलमा अरिङ्गालको परिकारका पारखी आउन शुरु गरेका छन् । तीन दशकदेखि होटल व्यवसाय गर्दै आएकी भट्टचनले अरिङ्गालको परिकार बिक्री गर्न थालेदेखि आम्दानी पनि बढेको छ । उनले अरिङ्गालको गोलो खरीद गरी परिकार बनाएर बिक्री गर्दै आएका छन् ।
अहिले यो परिकार प्रतिप्लेट रु ६०० मा बिक्री हुने गरेको छ । अरिङ्गालको परिकार निकै स्वादिलो हुने भएकाले पनि ग्राहक खोजीखोजी खान आउने गरेका छन् । त्यसैले दैनिक १० देखि १५ प्लेटसम्म बिक्री हुने गरेको छ ।
अरिङ्गाल पोलेर बिक्री गर्न थालिएसँगै गाउँका केही युवाको पनि आम्दानी बढेको छ, तर युवाले भिरमहजस्तै अरिङ्गाल पोल्न सरकारले लाइसेन्स दिनुपर्ने बताउँछन् । सामुदायिक तथा वन जङ्गलमा बिना अनुमति अरिङ्गाल पोल्ने कामका बारेमा कानूनमा प्रष्ट नहुँदा स्थानीय सरकारको पनि चासो पुगेको छैन ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












