संविधान दिवस बहिष्कार गर्दै मन्त्री मातृका यादव
काठमाडौं । सरकारले संविधान दिवस मनाइरहँदा समारोहको आयोजना नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गर्नेछ ।
सरकारका प्रधानमन्त्रीसहित मन्त्रीहरुले संविधान दिवस मनाइरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भने यसको बहिष्कार गर्नेछन् ।
संविधान जारी भएदेखि नै संविधान नस्वीकारेका मन्त्री यादवले यस पालि पनि संविधान दिवस बहिष्कार गर्ने बुझिएको छ । यस विषयमा बारम्बार बोली फेरिरहने मन्त्री यादवले गाउँमा जनताका बीच चर्को रुपमा संविधानको विरोध गर्ने तर त्यही संविधान मानेर अहिले मन्त्री पदमा आशिन रहेकोले गाउँदेखि केन्द्रसम्म आलोचित छन् । हाल आफ्नो पुरानो अडान बिर्सेका मन्त्री यादवले संविधान दिवस मनाउने कि नमनाउने भनी दोधारमा छन् ।
उनको विगत हेर्ने हो भने राजनीतिक अडानदेखि लिएर आफ्नो अभिव्यक्तिमा टिक्न नसकेको उदाहरण जति पनि छन् । संविधानलाई लिएर मन्त्री यादवको विगतको अडानमाथि चर्चा गर्ने हो भने उनको यो अभिव्यक्ति एकपटक पढौँ । “खुनी दमनको बलमा मधेश विरोधी संविधान आउने निश्चित छ ।
मधेशसंग तीन विकल्प छन् – आत्मसमर्पण गर्ने, मुकदर्शक बन्ने र घरघरबाट विरोध गर्ने । विद्रोहको बाटो मात्र मुक्तिको बाटो हो । त्यसैले आश्विन ३ गते मधेश विरोधी संविधानलाई घर घरमा जलाऔँ । सम्प्रदायिक गोर्खाली सत्ता – मुर्दाबाद, मधेशको स्वतन्त्रता- जिन्दावाद ।” अब मन्त्री यादवमाथि प्रश्न उठछ कि आजको मितिमा संविधानप्रति उनको धारणा के हो ? के आज पनि उनी संविधान जलाउने पक्षमै छन् ? यदि हो भने सम्प्रदायिक गोर्खाली सत्ताको हिस्सा बन्न किन पुगे ? विद्रोहको बाटोमा हिँडेर मधेशलाई मुक्ती दिलाउन लागेका यादव आफै कसरी सत्तामा पुगे ? यी र यस्ता प्रश्नहरु यथावत छन् ।
यदी सत्तामै पुग्नुथियो भने हिजो जनतालाई दिग्भ्रमित किन बनाए मन्त्री यादवले ? मधेशका जनताले उनलाई प्रश्न गरिरहेका छन् । मधेश मुक्तिका लागि विद्रोह घोषणा गरेका यादवले मधेशलाई तीन विकल्प दिएका थिए । उनले मधेशलाई दिएको विकल्पमध्ये आफुले कुन रोजे । घर घरमा संविधान जलाउने पक्षमा नरहेका मातृका यादवले कि त मुकदर्शक बन्ने कि त आत्मसमर्पण गर्ने मध्ये एक विकल्प चुनेका हुन् । उनको दोहोरो चरीत्र मधेश र देश दुबैका लागि घातक रहेको आम टिप्पणी छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












