अराजक त्तवको प्रतिवाद गर्ने बेला आयोः प्रचण्ड
‘मन्त्री हेरफेरको कुरा नसोध्नुस्, हैरान बनायो’
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन् ।
पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको प्रचण्डले बताउँदै आएका छन् । संविधान दिवसको अवसरमा जारी सन्देशमा पनि उनले केही अराजक तत्वले व्यवस्थाप्रति प्रहार गरेको बताएका थिए । व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए ।
तर, आइतबार विराटनगर पुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताए । यद्यपि, अराजक तथा उच्छृंखल तत्वको गतिविधि बढेकाले त्यसकोको प्रतिवाद गर्नुपर्ने बेला भने आइसकेको उनले बताए ।
‘अहिले नै राज्य व्यवस्थाप्रति कुनै प्रकारको खतरा छैन’, विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘तर जुनखालको गतिविधि देखापर्न थालेको छ, त्यसलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने समय भने आइसकेको छ ।’
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी समेत गरे । अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको आफूहरुले औपचारिकरुपमा जानकारी नपाएको बताउँदै केही व्यक्तिहरुले गर्ने कुरा बेग्लै भएको बताए ।
अध्यक्ष प्रचण्डले भष्ट्राचारविरुद्ध अहिले पार्टी र सरकार अघि बढिरहेको पनि बताए । उनले सरकारको काम र पार्टीको काम दुबैको समीक्षा भइरहेको भन्दै नयाँ शिराबाट गति दिने कुराकानी भइरहेकाले निकट भविश्यमा काम र परिणाम देखिने दाबी गरे ।
अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनबारे प्रश्न नसोधिदिन सञ्चारकर्मीसँग आग्रह गरे । ‘मन्त्रिमण्डल पुर्नगठिन गर्ने नगर्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूको कुरा हो अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो कुरा नसोधिदिनुहोस् । मलाई यो कुराले हैरान पारेको छ ।’
सञ्चारकर्मीले प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । प्रधानमन्त्रीले नर्मल काम गर्न थालेको भन्दै उनको स्वास्थ्य ठीक नभएको भन्ने प्रचार सही नभएको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले संविधान दिवसका दिन सरकारमा रहेका पार्टीका नेता कार्यकर्ताले संविधान जलाएको बिषयमा छलफल भइरहेको बताए । तर, उनले हिजोका दिनमा कालो दिवस भन्नेहरुमा न समर्थन न विरोध भन्ने ठाँउमा भने आएको बताए ।
उनले एसिया प्यासिफिक समिटमा नेपाल जाने भनेर कहिल्यै निर्णय नभएको स्पष्ट पारे ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












