चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ताओ काठमाडाैँमा
काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ नेपाल आइपुगेका छन्।
उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा नेपाल आएका हुन। काठमाडौंमा आजै (सोमबार) बाट सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तक्र्रिया कार्यक्रमका लागि सोङ नेपाल आएका हुन्।
मध्यान्ह १२.२५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका विदेशविभाग प्रमुख सोङलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन्। सो अवसरमा चिनिया राजदूत यान्छी पनि सहभागी थिइन्।
साँझ ५ बजे सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया सुरु हुने विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल खबरलाई जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने बताइएको छ। कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै ४० जना काठमाडौं आइसकेका छन्।
सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपाली चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो।
कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












