नेपालमा उत्साहजनक लगानीमैत्री वातावरण बनिसकेको छः प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको ‘तिलोत्तमा लगानी सम्मेलन’को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गरेका हुन्।
उनले विदेशी लगानीकर्ताहरुले चासो व्यक्त गरिरहेको भन्दै लगानीकर्तालाई सहज हुनेगरी वातावरण तयार गर्न सरकारले भूमिका निर्वाह गरिरहेको जनाए । ‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ,’ उनले भने, ‘लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्न सक्नुपर्छ ।’
तिलोत्तमा नगरपालिकाले मुलुकलाई नै लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिएको भन्दै नेकपाका अध्यक्षसमेत रहेका दाहालले रुपन्देही क्षेत्र मुलुककै व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वारका रुपमा उपयुक्त रहेको जिकिर गरे ।
‘यो सम्मेलनलाई मुुलुकले पनि राम्रैसँग हेरेको छ,’ उनले भने, ‘तिलोत्तमाको यो प्रयासलाई संसारले पनि हेरिरहेको छ, यसले दीर्घकालीन महत्व राख्छ, यसबाट अरु स्थानीय तहहरुले पनि सिकुन् ।’
उनले नेकपाले सरकारको नेतृत्व लिएको डेढ वर्षमात्रै भएको भन्दै धेरै नकारात्मकता नफैलाउन आग्रह गरे ।
‘हामीले नेतृत्व गरेको डेढ वर्षमात्रै भएको छ, धेरै नकारात्मकता फैलाउने काम नगरौं, २ सय ५० वर्षसम्मको फोहोर पखाल्न समय लाग्छ, धैर्य गरौं,’ उनले भने ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












