चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको मिति तय भएको छैनः प्रवक्ता बाँस्कोटा
काठमाडाैँ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको मिति तय नभएको बताएका छन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले आफूहरु सिको भ्रमणको तीव्र प्रतीक्षामा रहेको बताए।
‘मिति तय भएको पनि छैन’, उनले भने, ‘उताबाट पनि हामीलाई कुनै जानकारी पनि आएको छैन। जुन दिन जानकारी प्राप्त हुन्छ, त्यही दिन हामी थाहा पाइहाल्छौं।’
उनले भ्रमण मिति समयक्रममा खुल्दै जाने बताए। उनले सिलाई आगमनदेखि बिदाइसम्मको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेगरी तयारी गरिने बताए।
‘विकसित हुँदै गइरहेको मुलुक, जो हाम्रो छिमेकी छ, उसका आर्थिक सामाजिक उपलब्धीहरुबाट लाभको सेयर गर्न चाहन्छौं’, उनले भने।
उनले यस प्रकारका भ्रमणहरुलाई उच्च महत्त्व दिने पनि बताए।
Comments
अरु समाचार
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...