नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ ।
सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउछन् । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउछन् । सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।
सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी बताउछन् । दोस्रो बोलपत्रको तयारी भइरहेको छ । काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनीहरुले मुग्लिनदेखि पिप्लामोडसम्म नै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनको भनाइ छ ।
यस वर्षको दशैँअघि मालवाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आएका इन्जिनीयर हरिकुमार ठकुरी बताउछन् । साउन र भदौ महीनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न शुरु गरिएको भए पनि सवारी चापका कारण काम सक्न नसकिएको ठकुरी बताउछन् ।
यही असोज ५, ६ र ७ गते दैनिक एक घण्टा मात्रै एकतर्फी सवारी रोकेर खाल्डा परेका ठाउँमा कालोपत्रे गरिएकामा सवारी चाप बढेपछि रोकिएको छ । प्रमुख अधिकारीले भने, “असोज ७ गते बेलुकाबाट हामीले सवारी रोकेर काम गरेका छैनौं । सवारी चापकै कारण सडकमा समस्या देखिएको हो ।” रातको समयमा पनि सवारी चापकै कारण काम गर्न सकिएको छैन । सो सडक खण्डको चितवनले हेर्ने क्षेत्रको ८० प्रतिशत मर्मतसम्भारको काम सकिएको उनको भनाइ छ । गणेश मन्दिर आसपासको क्षेत्र मात्र बाँकी रहेको छ ।
दशैँको नवमी र टीकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा सोही दिन केहीबेर एकतर्फी सवारी रोकेर काम गर्ने तयारी सडक कार्यालयले गरेको छ । ठेक्का कसैको पनि नपरेपछि सोही सडक खण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जिएमआर कन्सट्रक्शनको सहयोग लिएर मर्मतको काम भइरहेको छ । सडकमा सवारी नरोकेर नै खाल्डा परेका ठाउँमा भर्ने काम भने अहिले पनि भइरहेको छ ।
दशैँका बेला सडक नरोकियोस् भन्नका लागि भरतपुर, नौबिसे, गल्छी, गजुरी र फिस्लिङमा लोडर तयारी अवस्थामा राखिएको छ । भरतपुर र गल्छीमा पहिरो पन्छाउने व्याक हुसमेत राखिएको कार्यालयले जनाएको छ । सो सडक खण्डमा ट्राफिक प्रहरीले पनि लोडर र क्रेन तयारी अवस्थामा राखेको छ । यही सडक खण्ड मर्मतका लागि सीतापाइला धार्के सडक सञ्चालन गर्नुपर्ने विज्ञ इन्जिनीयरहरु बताउँछन् । अन्यथा काम गर्न निकै कठिन हुने उनीहरुको भनाइ छ ।
सडकका कारण मात्र नभएर सवारीको उच्च चाप, ठूला साना सवारी एकै साथ गुड्ने, दशैँका बेला क्षमताभन्दा बढी सामान बोकेर जाँदा उकालोमा बिग्रने, चालकले जथाभावी उछिन्ने जस्ता कारण सवारी आवागमनमा समस्या भएको देखिन्छ । प्रमुख अधिकारी काम गर्दा समेत जश नपाउने हुँदा आफूहरु खिन्न हुने गरेको बताउछन् ।
उनले दुखेसो पोख्दै भने, “एकोहोरो गाली खानु परेको पीडा छ । आज तपाईंको मिडियामा यति दुःख बिसाउन पाइयो ।” सबै दोष सडकलाई थुपार्ने र यथार्थ परिस्थिति कसैले नबुझेका कारण काम गर्न कठिन भएको इन्जिनीयर ठकुरीले गुनासो गरे ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












