मेयर दाहालको चरित्रहत्या गर्ने बिरुद्ध साईबरक्राइम मुद्दा दर्ता
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जाल फेसबुक लगायतमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटसहरु बिरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ ।
आज दिउसो चितवन जिल्ला प्रहरी कार्यालय चितवन मार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयस्थित साईबर क्राईम ब्युरोमा जाहेरी दिइएको महानगरपालिकाले जनाएको छ । हिजो चितवनमा भएको ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) माथि स्थानियको आक्रमणपछि केहि सामाजिक संजालका प्रयोगकर्ताले मेयर रेणु दाहालका तस्बिर जोडी अर्धनग्न तस्बिर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए ।
अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु सम्प्रेषण हुनु आपत्तिजनक र अमानवीय कुरा रहेकाले महानगरले कानुनी उपचार खोजेको हो । यसबारेमा हामीसँगको कुराकानीमा जिल्ला प्रहरी कार्यलय चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले भने, ‘महानगर प्रमुख रेणु दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टहरुबारे जाहेरी आएको छ, आवश्यक अनुसन्धान गरि गलत हर्कत गर्नेहरुको खोजि सुरु भैसकेको छ आवश्यक कानुनी कार्वाही गर्न प्रहरी तत्पर छ ।’

Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












