भारतले प्याज निर्यात रोक्यो, नेपालमा अभाव हुने सम्भावना
काठमाडौं । भारतले हिजोदेखि लागू हुने गरी प्याज निर्यात रोकेको छ । भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले यसअघिको व्यवस्थालाई संशोधन गर्दै भारतमा उत्पादन भएको प्याज भारतबाहिर नपठाउने व्यवस्था गरेको हो ।
भारतमा प्याजको चरम अभावलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था सहज बनाउन प्याज निर्यात बन्द गरिएको बताइएको छ । निर्यात बन्द गरेसँगै भारतले बजारमा प्याजको भण्डारणमा परिमाणात्मक बन्देज पनि लगाएको छ । भारतीय खुद्रा व्यापारीले अबदेखि १ सय क्विन्टल र थोक बिक्रेताले ५ सय क्विन्टलमात्र प्याज भण्डारण गर्न पाउनेछन् ।
भारतले देशभित्र खपत हुने अधिकांश प्याज आयात गर्दै आएको छ । बन्देज लगाउनुपूर्व भारतीय बजारमा प्याज ८० भारतीय रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको थियो । भारतले चीन, पाकिस्तान तथा खाडी मुलुकबाट प्याज आयात गर्ने गरेको छ ।
नेपालले भने भारत, चीन, थाइल्याण्ड र निकारागुवाबाट प्याज आयात गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ । नेपालले सन् २०१७ को ७ महिनामा माथि उल्लेखित चार मुलुकबाट २.४४ बिलियन रुपैयाँको प्याज आयात गरेको थियो ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












