पद ओहोदा हेरेर होइन, अपराधको प्रकृति हेरेर अनुसन्धान गर्नूः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधको प्रकृति हेरेर व्यक्तिमाथि व्यवहार गर्न निर्देशन दिएका छन ।
अपराध लाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्न नहुने भन्दै ओलीले भने, अपराध गर्ने व्यति कुन पदमा ओहोदामा छ भनेर हेर्ने भन्दा अपराध कस्तो छ निष्पक्ष छानविन गर्नु पर्छ ।
‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी प्रधान कार्यालयले ६४ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
यस्तै, उनले अपराधी कुन दलको वा पक्ष विपक्ष नहेरेर अनुसन्धान गर्नु पर्ने समेत जनाए । ६४ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले समाज अराजकता तर्फ जान लागेको प्रति चिन्ता व्यक्त गरे ।
प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति लक्षित गर्दै उनले अपराध नियन्त्रणमा लाग्न प्रहरीलाई निर्देशन समेत दिए ।
यस्तै, प्रधानमन्त्री ओलीले शासन व्यवस्था नमान्ने, परिवर्तन, गणतन्त्र नमान्ने र संबिधान नै नमान्ने देशद्रोही तत्वलाई प्रहरीले नियन्त्रण गर्न तयार हुनु पर्ने जनाए ।
विप्लव नेतृत्वको नेकपा र राजावादीहरुलाई लक्षित गर्दै प्रहरीलाई उनीहरुका गतिविधिलाई निस्तेज पार्न समेत तयार रहनपर्ने उनले जनाए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












