चिनियाँ राष्ट्रपति सीले देउवासंग भने, `नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक छौँ’
काठमाडौँ । नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार सभापति देउवासँगको भेटमा राष्ट्रपति सीले नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएका थिए ।
भेटमा राष्ट्रपति सीले नेपाल चीन असल छिमेकी भएको स्मरण गर्दै दाजुभाइ भएको जनाएका थिए । नेपालको सत्तामा जुनसुकै पार्टी भएपनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ,’ सीले भने ।
राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको जिकिर गरेका थिए ।
भेटमा सभापति देउवाले आफ्नो पार्टीले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ कनेक्टिभिटि मार्फत दुबै देशको सम्बन्ध अझ विस्तार हुने आशा पलाएको जनाएका थिए ।
यस्तै, चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घटकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।
देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोराउँदै नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन बिरोधी गतिविधि गर्न नदिने स्पष्ट पारे ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












