संखुवासभा सरोकार समाजको आयोजनामा सी जिनफिङको नेपाल भ्रमणका सन्देश र उपलब्धिहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं । संखुवासभा सरोकार समाजले आज राजधानीमा चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
चियापान कार्यक्रमकोसँगै समाजले चीनका राष्ट्रपति सी जिनफिङ को दुई दिने राजकीय नेपाल भ्रमणका सन्देश र उपलब्धिहरु विषयक अन्तरक्रिया सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतादेखि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायतका व्यक्तिहरु सहभागी भएका थिए । भने, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत सहभागी भएका थिए ।
संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गाैतम समेत सहभागी कार्यक्रममा नेपाल र चीनको सम्बन्धबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपाका प्रवक्ता श्रेष्ठले नेपाल र चीनको सम्बन्धमा राष्ट्रपति सीको नेपाल भ्रमणले थप उचाइ लिएको जनाए ।
सीको नेपाल भ्रमणले नेपाल र चीनको भाइचारा सम्बन्धमा मात्रै नभएर नेपाली जनताले उनलाई गरेको स्वागतबाट प्रशन्न भएको समेत श्रेष्ठको दाबी थियो । सीको नेपाल भ्रमणले विश्वमा सकारात्मक सन्देश गएको भन्दै प्रवक्ता श्रेष्ठले भने, नेपालको ऐतिहासिक सम्बन्धलाई माथि लैजाने क्रममा किमाथांका करिडोरको कुरा समेत महत्वपूर्ण भएको र संखुवासभाली जनता र त्यहाँका नेताहरुको चासो चिन्ता अब साकार हुने दिन आएको समेत उनले प्रष्ठ पारे ।
यस्तै, प्रवक्ता श्रेष्ठले नेकपाको सरकारले छिमेकी मुलुकसँग भाइचाराको सम्बन्ध कायम गरेर कसैलाई नजिक र टाढाको दृष्टिकोणले नहेर्ने भन्दै असल छिमेकीको भुमिका निभाउनेमा कुनै शंका नरहेको र चीनले नेपाललाई गरेको सहयोगसँगै नेपालको धार्मिक, आर्थिक, सांस्कृतिक र पिपुल टू पिपुल सम्बन्ध स्थापित गर्नेमा लागिपर्ने समेत जनाए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












