संखुवासभा सरोकार समाजको आयोजनामा सी जिनफिङको नेपाल भ्रमणका सन्देश र उपलब्धिहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं । संखुवासभा सरोकार समाजले आज राजधानीमा चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
चियापान कार्यक्रमकोसँगै समाजले चीनका राष्ट्रपति सी जिनफिङ को दुई दिने राजकीय नेपाल भ्रमणका सन्देश र उपलब्धिहरु विषयक अन्तरक्रिया सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतादेखि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायतका व्यक्तिहरु सहभागी भएका थिए । भने, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत सहभागी भएका थिए ।
संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गाैतम समेत सहभागी कार्यक्रममा नेपाल र चीनको सम्बन्धबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपाका प्रवक्ता श्रेष्ठले नेपाल र चीनको सम्बन्धमा राष्ट्रपति सीको नेपाल भ्रमणले थप उचाइ लिएको जनाए ।
सीको नेपाल भ्रमणले नेपाल र चीनको भाइचारा सम्बन्धमा मात्रै नभएर नेपाली जनताले उनलाई गरेको स्वागतबाट प्रशन्न भएको समेत श्रेष्ठको दाबी थियो । सीको नेपाल भ्रमणले विश्वमा सकारात्मक सन्देश गएको भन्दै प्रवक्ता श्रेष्ठले भने, नेपालको ऐतिहासिक सम्बन्धलाई माथि लैजाने क्रममा किमाथांका करिडोरको कुरा समेत महत्वपूर्ण भएको र संखुवासभाली जनता र त्यहाँका नेताहरुको चासो चिन्ता अब साकार हुने दिन आएको समेत उनले प्रष्ठ पारे ।
यस्तै, प्रवक्ता श्रेष्ठले नेकपाको सरकारले छिमेकी मुलुकसँग भाइचाराको सम्बन्ध कायम गरेर कसैलाई नजिक र टाढाको दृष्टिकोणले नहेर्ने भन्दै असल छिमेकीको भुमिका निभाउनेमा कुनै शंका नरहेको र चीनले नेपाललाई गरेको सहयोगसँगै नेपालको धार्मिक, आर्थिक, सांस्कृतिक र पिपुल टू पिपुल सम्बन्ध स्थापित गर्नेमा लागिपर्ने समेत जनाए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












