नेपाली युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक साढे ६ वर्षपछि पक्राउ
वीरगन्ज । हेटौंडाकी विन्दवासिनीकी युवतीमाथि साढे ६ वर्षअघि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले गएराति करिव ९ बजे उनलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका दपक केशरीलाई शुक्रवार दिउँसो पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।
२०७० बैशाख ९ गते आफ्नै पसलमा बसिरहेको अवस्थामा विन्दवासिनीलाई एसिड प्रहार गरेका केशरी लुकीछिपी नेपाल र भारतमा बस्दै अएका थिए । ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक सागरप्रताप राणाको टोलीको सहयोगमा मकवानपुर प्रहरीले उनलाई नियन्त्रणमा हो ।
भारतको महाराजगन्जस्थित अपुर्बन ६ बस्ने राज भनिने दिपक केशरी हेटौंडामा बस्दै अएका थिए । विवाहको प्रस्ताव अस्विकार गर्दा हेटौंडा–३ का मधुसुदन कंशकारकी छोरी विन्दावासिनीलाई उनले एसिड प्रहार गरेका थिए ।
कक्षा १२ मा अध्ययनरत १९ वर्षीय विन्दवासिनी एसिड आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा ६० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले बताएको छ। उनको हालसम्म पनि उपचार भइरहेको छ ।
आक्रमणबाट विन्दवासिनीको अनुहार, छाती र शरीरका अन्य अंगहरु जलेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...