डा. केसीका समर्थकद्वारा डडेल्धुरामा सरकारी सवारी चलाउन रोक
स्वास्थ्यमा समस्या बढ्दै, रिफरको तयारी
डडेल्धुरा । अनसन बस्न सुदुरपश्चिम पुगेका डा. गोबिन्द केसीको समर्थनमा डडडेल्धुरामा सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ ।
डा. केसी अनसन बसेको हप्तादिन बढि हँदासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै उनका समर्थकले सरकारी गाडी चलाउन रोक लगाएको जनाएका छन् ।
आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ ।
डडेल्धुराको सदरमुकाममा १ः३० देखि २ः३० सम्म १ घण्टाकालागि पसल समेत बन्द गर्न लागिएको जनाइएको छ । यद्यपी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पाैडेलले गाडी बन्द नहुने जनाएका छन् । कसैले गाडी चल्न दिन्नाैं भन्दैमा गाडि नचल्ने भन्ने हुँदैन् । यो कुरा मान्य हुने कुरा पनि होइन् ।
यस्तै, डा. केसिको स्वास्थ्यमा समस्या आउन थालेपछि उनलाई रिफे गर्ने तयारी भइको जनाइएको छ । उनको ब्लड प्रेसर र मुटुको चाल बढेकाले उनलाई स्वास्थ्यमा थप समस्या हुनसक्ने भन्दै सुविधासम्पन्न अस्पतालमा रिफरको तयारी भएको हो ।
डा. केसीले सुदुरपश्चिममा नै अनसन बस्ने भनेकाले उनलाई कैलाली तिर रिफर गर्न सकिने समेत जनाइएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











