बङ्लादेशका राष्ट्रपति हमिदसँगको आज उच्चस्तरीय भेटवार्ता
काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज बुधबार हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणका लागि मंगलबार नेपाल आएका हमिदसँग आज बुधबार उच्चस्तरीय भैटवार्ता हुने छ ।
मंगलबार राष्ट्रपति भण्डारीले विमानस्थलमै पुगेर बङ्गलादेशी समकक्षीलाई स्वागत गरेकी हुन् । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपका सलामी अर्पण गरेको थियो ।
बिहान १०ः५० बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र ११ बजे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति हमिदको भेटवार्ता हुने छ । दिउँसो २ बजे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमिदसँग शिष्टाचार भेट गर्ने छन् ।
यस्तै, दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली र ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति भण्डारी र समकक्षी राष्ट्रपति हमिदबीच अपरान्ह ४ः३० देखि ५ बजेसम्म भेटवार्ता हुनेछ । बुधबार राति समकक्षीको स्वागतमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।
मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री ज्ञवाली र राष्ट्रपति हमितदबीच दुईपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












