बङ्लादेशका राष्ट्रपति हमिदसँगको आज उच्चस्तरीय भेटवार्ता
काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज बुधबार हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणका लागि मंगलबार नेपाल आएका हमिदसँग आज बुधबार उच्चस्तरीय भैटवार्ता हुने छ ।
मंगलबार राष्ट्रपति भण्डारीले विमानस्थलमै पुगेर बङ्गलादेशी समकक्षीलाई स्वागत गरेकी हुन् । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपका सलामी अर्पण गरेको थियो ।
बिहान १०ः५० बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र ११ बजे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति हमिदको भेटवार्ता हुने छ । दिउँसो २ बजे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमिदसँग शिष्टाचार भेट गर्ने छन् ।
यस्तै, दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली र ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति भण्डारी र समकक्षी राष्ट्रपति हमिदबीच अपरान्ह ४ः३० देखि ५ बजेसम्म भेटवार्ता हुनेछ । बुधबार राति समकक्षीको स्वागतमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।
मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री ज्ञवाली र राष्ट्रपति हमितदबीच दुईपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












