अध्यक्ष प्रचण्डसहित माओवादी आन्दोलनका विरोधी नेता थापा प्रधानमन्त्रीको सचिवालयमा
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य सुर्य थापा प्रधानमन्त्री लकेपी शर्मा ओलीको प्रेस सलल्लाहकारमा नियुक्त हुने भएका छन् ।
नेता थापा तत्कालीन प्रेस सल्लाहकार कुन्दन अर्यालको बहिर्गमन पश्चात प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति पाउने भएका हुन् ।
प्रधानमन्त्रीले सचिवालयका सबैलाई राजीनामा गर्न लगाएपनि ६ जनाको मात्रै राजीनामा स्विकृत गरेका थिए । जसमा प्रेस सल्लाहकार कुन्दन अर्याल समेत थिए । उनै अर्यालको स्थानमा नेता थापाले बाजी मार्न लागेका हुन् ।
मंसिर पहिलो हप्ताभित्रै नेता थापाले प्रेस सल्लाहकारको भुमिका निभाउने नेकपा स्रोतले जनाएको छ ।
पार्टीको प्रचार विभाग उपप्रमुखसमेत रहेका थापालाई प्रेस सल्लाहकार नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले गरेका हुन् । बालुवाटार स्रोतका अनुसार थापाले नियुक्ति भने आइतबार नै पाउने संङभावना छ । मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्नेछ।
थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसकेका नेता हुन् ।
यद्यपी थापा पूर्वमाओवादी नेताहरु तथा नेकपा अध्यक्ष प्रचण्डको विरोधमा बेलाबेलामा उत्रने गरेका थिए । भने, राष्ट्रिय युवा संघ नेपालका संयोजक लगायतका अन्य माओवादी नेताहरुसँग १० वर्षे जनयुद्धको बारेमा वादविदवादका साथै खुलेर विरोध गर्ने र माओवादीको सत्तोसराप गर्ने नेताको रुपमा समेत चिनिन्छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











