प्रदेश ३ को राजधानी र नाम छिट्टै टुंग्याउनूः प्रचण्ड
स्थिरताका लागि पार्टीमा मैले र सरकारमा प्रधानमन्त्रीले जिम्मेवारी लिने निर्णय भयोः
मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकाल टुंगिएको भन्दै देशले विकासको दिशामा फड्को मार्ने जनाएका छन् ।
प्रदेश ३ को अस्थायी राजधानी हेटाैडा पुगेका प्रचण्डले प्रदेश ३ को राजधानी छिट्टै टुंग्याउन समेत आग्रह गरेका छन् । उनले आफू प्रदेशको राजधानी र नाम टुंगिनेमा आशावादी रहेको जनाए ।
यस्तै, उनले देशलाई संबृद्ध पार्न पार्टीको जिम्मेवारी आफूले र सरकारको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने गरि सचिवालय बैठकले निर्णय गरेको जनाए ।
जनतामा रहेको अलमल क्लिएर पार्न पार्टीमा ध्यान र जोड आफूले दिने र सरकारलाई प्रधानमन्त्रीले अलिबढि ध्यान र जोड दिने कुरा भएको उनले जनाए । सरकारमा आलोपालो भनेर रहेको अस्पष्ठता सकिएको र राजनितिक स्थिरताको सन्देश जनतामा गएको प्रचण्डको दाबी थियो ।
चीनका राष्ट्रपति सी जिनफिङको नेपाल ब्रमनले ठूलो सन्देश दिएको स्मरण गर्दै प्रचण्डले यही सरकार पाँच वर्ष चल्ने सन्देश दिन सचिवालय बैठक गर्नुअघिसम्म मान्छेहरूलाई के हो के हो सरकार भन्नेजस्तो लाग्ने गरेकोले ढुक्क भएर सरकार र पार्टीका काम गर्न सचिवालय बैठकले निर्णय गर्नुपरेको बताए ।
नेकपाप्रति जनताको आस्था, विश्वास, भरोसा बढेर गएको भन्दै उनले उप चुनावमा धेरै आशावदी रहेको जनाए । जनताले ७ दशक लडाई लडेर लल्याएको परिवर्तनमाथि उनीहरुको ठूलो विश्वास गरेको जनाए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











