१० दिने अस्पताल बसाइमा प्रधानमन्त्रीको उपचार खर्च कति, कसले तिर्यो ?
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले तिरेको छ ।
एपेन्डिसाइटिसको शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको १० दिनको अस्पताल बसाइमामा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँको बिल उठेको छ ।
अस्पताल स्रोतले जनाएअनुसार उनको उपचार खर्च सबै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले भुक्तान गरेको हो ।
यस्तै, प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंहले पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठकमा बस्न तथा अन्य कामकाज गर्न सक्षम रहेको र अबको दुई हप्तामा पहहिले कै अवस्थामा फर्किने जनाएकी छन् ।
स्वास्थ्यमा उल्लेख्य सुधार भएको भन्दै सिंहले प्रधानमन्त्रीको मृगाैला प्रत्यारोपण २-३ महिनामा नेपालमै गर्न सकिने जनाएकी छन् । तर, यसबारे निर्णय भने भइनसकेको भन्दै उनले आफ्नो राय नेपालमै प्रत्यारोपण गर्नुपर्नेमा रहने बताइन् ।
नेपालमा पनि मिर्गौलाको सफल प्रत्यारोपण भइरहेकाले विदेश जानु आवश्यक नभएको सिंहले बताइन् । यस्तै, उनले सकेसम्म मृगाैला प्रत्यारोपण गर्न अमेरिका वा सिंगापुर नजाने पनि वताएकी छन् ।
डाक्टर सिंहले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा केही जोखिम हुने भए पनि धेरैले सफलतापूर्वक दुई/तीन पटक प्रत्यारोपण गरेको बताइन् ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












