नेपालमै चारपांग्रे गाडी एसेम्बल गर्न सम्झाैता
काठमाडाैं । विदेशबाट सवारी साधन निर्यात गर्दै आएको नेपालले कोरियाली कम्पनी मोट्रेक्ससँग नेपालमै चारपांग्रे सवारी उत्पादनका लालगि सम्झाैता गरेको छ ।
लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच नेपालमै चार पांग्रे गाडी निर्माण गर्न गाडी एसेम्बल प्लान्ट स्थापनाका लागि परियोजना लगानी सम्झौता भएको हो ।
बुधबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोट्रेक्सका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले मोट्रेक्स कम्पनीलाई नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगानीको स्विकृति दिइसकेको छ ।
सरकारले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा कोरियाली कम्पनीको लगानी स्वीकृत पाएको थियो । कोरियामा सन २००१ मा स्थापना भएको कम्पनीलाई नेपालमा गाडी एसेम्बल गर्नका निम्ति रुपन्देहीमा जग्गा उपलब्ध गराउने तयारी भइसकेको बोर्ड स्रोतले जनाएको छ ।
कोरियाली कम्पनीले बोर्डमा पेस गरेको प्रस्तावमा पहिलो वर्ष ५ हजार, दोस्रो वर्ष १० र तेस्रो वर्ष १५ हजार थान सवारी एसेम्बल गर्ने उल्लेख छ ।
Comments
अरु समाचार
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...