उखु किसानको भुक्तानी र ऋणबारे सरकारले आवश्यक कमद चाल्छः मन्त्री भट्ट
काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले उखु किसानको ऋणबारे सरकारले आवश्यक कमद चाल्ने बताएका छन्।
बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘अहिले उखु किसानहरुले दु:ख पाइरहेका छन्। अबदेखि उनीहरुले दु:ख नपाउन भनेर कार्यदल बनाएका छौं’ उनले भने ‘उखुको तौल अनुसार भुक्तानी पाउन भनेर मन्त्रालय लागि परेको छ। कार्यदलले किसानको ऋणबारे अधययन गरेर ल्याएपछि आवश्यक कदम चलाउँछौं।’
मन्त्री भट्टले चिनी तस्करी अहिले रोकिएको बताए। ‘सीमा क्षेत्रका जनताले प्रयोग गर्न २/४ किलो चिनी ल्याए होलान् तर व्यवसायी गर्न भने भारतबाट चिनी आएको छैन्।’
त्यस्तै मन्त्री भट्टले लुम्बीनी चिनी मिल सरकारले नै सञ्चालन गर्ने की के गर्नेभन्ने विषयमा अध्ययन गरिरहेको बताए। उनले भने ‘वीरगञ्ज चिनी कारखाना पनि कुन मोडलमा सञ्चालन गर्ने भनेर गृहकार्य गरेका छौं। व्यवसायीको समस्या वीउमा छ। हाइब्रिड उखुको वीउ नभएकाले समस्या भयो।’
लामो समयसम्मको भुत्तानी नपाएको किसानले कतैबाट सहयोग नपाएपछि राजधानी केन्द्रित आन्दोलन गर्न सुरु गरेका छन्। उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा राजधानीमा करिब दुई सय पीडित उखु किसान विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। ऋण काढेर किसान राजधानीमा आएर माइतिघर मण्डलमा विरोध प्रदर्शन गर्दै आएका छन्।
सर्लाही र रौतहटका करिब २५ हजार उखु किसानले लामो समयदेखिको उखु बिक्री गरेको भुक्तानी पाएका छैनन्। सर्लाही र रौतहट गरी करिब १२ हजार किसानले अन्नपूर्ण सुगर मिलबाट २०७० देखि २०७५ सम्मको बक्यौता पाएका छैनन्। अन्नपूर्णले ५० करोड रुपैयाँ भुक्तान गर्न बाँकी छ। यस्तै सर्लाहीकै महालक्ष्मी सुगर मिलले गत वर्ष उखु खरिद गरेबापत १३ हजार किसानको साढे २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
भिडियोः
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












