ममाथि राजनीतिक हिंसा भयो, नेकपाले ठूलो अवसर गुमायो : निवर्तमान उपसभामुख
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको दाबी गरेकी छिन् । नेपाल समाचारपत्रसँगको अन्तरवार्तामा उनले यस्तो दाबी गरेकी हुन् ।
उनले भनेकी छिन्, ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो त्यो पार्टीले जवाफ दिने कुरा हो । पार्टीलाई राम्रो अवसर प्राप्त भएको थियो । मुलुकको महत्त्वपूर्ण अङ्गमध्ये व्यवस्थापिकाको प्रतिनिधिसभाको सभामुख एक्जुकेटिभ पर्सन जान सक्थ्यो । महिला मैले कहिले पनि जोडेको छैन । क्षमताको विकास गरेर अघि बढ अनि काम गर । यो पद महिला भएको आधारमा मात्र पाउनुपर्छ भन्ने होइन । क्षमताको आधारमा पाउनुपर्छ । मलाई घाटा भएको छैन, घाटा पार्टीलाई भएको छ ।’
नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले आफूलाई सभामुख चयनमा बाधा बनेको आरोप लगाएकोमा पनि उनले दुःख व्यक्त गरेकी छिन् । उनले भनेकी छन्, ‘मैले स्पष्ट रुपमा भनेकी थिएँ , पार्टीले सभामुखको उम्मेदवारको टुङ्गो लगाओस्, त्यसपछि म राजीनामा दिन्छु । तर, मलाई पार्टीकै जिम्मेवार नेताहरुले बाधक बनेको आरोप लगाए । बाधक भनेको मलाई अहिले पनि चिक्त बुझेको छैन । यो बाधक भन्ने शब्द मेरा लागि सुपाच्य होइन । मेरा लागि अप्ठ्यारो शब्द हो । यसले मेरो मन र भावनामा ठेस पुग्यो । मैले पार्टीका दुवै अध्यक्षलाई भनेको थिएँ, यो ममाथि भएको राजनीतिक हिंसा हो । यस हिंसाको बारेमा पार्टीभित्र छलफल हुनुपर्ने माग मैले गरेकी छु ।’
नेकपाले आफूमाथि अन्याय गरेको बताउँदै उनले भनेकी छिन्, ‘नेकपाले ममाथि अन्यया गर्यो भन्ने नै हो । यस्तो अन्यायले मानिस स्वतः स्फूर्त ढङ्गले अघि बढ्ने कुरालाई असहज बनाइदिन्छ । मैले भ्रष्टाचार गरेँ कि ? यौनदुराचार गरे कि ? पदअनुसार आचरण गरिनँ कि ? भन्ने प्रश्नको कुनै जवाफ पार्टीले दिएन । सम्भवतः मेरो प्रश्नको उत्तर पार्टीले कहिले पनि दिन सक्दैन । किनकि मैले गल्ती नै गरेको छैन । अनुत्तरित हुँदाहुँदै म बाहिर निस्किएँ ।’
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











