अध्यक्षद्वयकाे संयुक्त प्रतिवेदनमा के के समेटे प्रचण्डले ?
काठमाडाैँ । सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बस्ने केन्द्रीय समिति बैठकमा सीमा, राष्ट्रियताको विषय, नेता र कार्यकर्तालाई विकास निर्माणको अभियानमा जाेड्ने कार्यक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवै अध्यक्षको संयुक्त प्रतिवेदनको रुपमा दाहालले पेश गर्ने सो प्रतिवेदन प्रचण्डले ओलीसँग परामर्श गरेर तयार पारेका हुन्।
उक्त प्रतिवेदन सार्वजनिक भूमिका, संगठन र उत्पादनसंग जोडिने गरि नयाँ विधिको विकासमा केन्द्रित रहेको नेकपाका एक नेताले जानकारी दिए।
मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदन पेश गरिएको थियो।
सो प्रतिवेदनमाथि छलफल हुँदा नेताहरूले दिएको सुझाव समावेश गरेर परिमार्जनसहित नयाँ विषय र कार्यक्रम समेत थप गरी प्रचण्डले प्रतिवेदन तयार पारेका हुन्।
‘प्रतिवेदनको आधार स्थायी समितीमा पेश भएको प्रतिवेदन र त्यसमाथि साे समितिमा छलफलका क्रममा उठेका विषय, तिनको सम्बोधन, अभियान र जनपरिचालनको विषयसहित केही नयाँ विषय समावेश छन्’ स्रोतले भन्यो, ‘नेकपा सचिवालयले हालै जारी गरेको ११–बुँदे आचारसंहिताको व्यवहारिक कार्यान्वयनलाई प्रतिवेदनले जोड दिएको छ।’
राजनीतिक प्रतिवेदन लेखनको काम अध्यक्ष प्रचण्डले मंगलबार विहान मात्रै सकाएका थिए। उक्त प्रतिवेदनलाई मंगलबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले पेश गरेको उनीनिकट एक नेताले बताए।
उनकाअनुसार त्यसमा सचिवालय सदस्यहरूले दिएको सुझाव र केही संसोधनसहित बैठकले पारित गरेको थियो।
प्रतिवेदनमा पछिल्लो दिन नेपाल भारत सीमामा देखिएका समस्या समाधान गर्न चाल्नुपर्ने कदम, सरकारको काम र त्यसलाई जनतासंग जोड्न अभियान चलाउनुपर्नेमा जोड दिएको स्रोतले जनायो।
प्रतिवेदनलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केही सुझावसहित पास गरेको खबर पाएको प्रचण्डनिकट एक नेताले नेपालखबरलाई जानकारी दिए।
राष्ट्रिय सभागृहमा साे बैठक अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछी प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
त्यसपछि महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संसोधनको प्रस्ताव पेश गर्ने, सातै प्रदेशका इन्चार्जले प्रदेश अवस्थाको रिपोर्ट पेश गर्ने र समसामयिक विषयमा छलफल गर्ने सचिवालयले एजेन्डा तय गरेको छ।
नेकपाको ४४१ सदस्यीय जम्बो केन्द्रीय समितिमा छलफल व्यवस्थित गर्नका लागि बर्णानुक्रमअनुसार १५ टोली बनाएर ३ ठाउँमा छलफल गरिने तयारी छ। प्रचण्डले पेश गरेको प्रतिवेदनमाथी बुधबारदेखि नै छलफल शुरु गर्ने बताइएको छ।
सचिवालयले गरेको तयारी अनुसार बैठकको उदघाटन र उद्घाटन मन्तव्य प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गर्नेछन् भने अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
Comments
अरु समाचार
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी
काठमाडौं । सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...












