अध्यक्षद्वयकाे संयुक्त प्रतिवेदनमा के के समेटे प्रचण्डले ?
काठमाडाैँ । सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बस्ने केन्द्रीय समिति बैठकमा सीमा, राष्ट्रियताको विषय, नेता र कार्यकर्तालाई विकास निर्माणको अभियानमा जाेड्ने कार्यक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवै अध्यक्षको संयुक्त प्रतिवेदनको रुपमा दाहालले पेश गर्ने सो प्रतिवेदन प्रचण्डले ओलीसँग परामर्श गरेर तयार पारेका हुन्।
उक्त प्रतिवेदन सार्वजनिक भूमिका, संगठन र उत्पादनसंग जोडिने गरि नयाँ विधिको विकासमा केन्द्रित रहेको नेकपाका एक नेताले जानकारी दिए।
मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदन पेश गरिएको थियो।
सो प्रतिवेदनमाथि छलफल हुँदा नेताहरूले दिएको सुझाव समावेश गरेर परिमार्जनसहित नयाँ विषय र कार्यक्रम समेत थप गरी प्रचण्डले प्रतिवेदन तयार पारेका हुन्।
‘प्रतिवेदनको आधार स्थायी समितीमा पेश भएको प्रतिवेदन र त्यसमाथि साे समितिमा छलफलका क्रममा उठेका विषय, तिनको सम्बोधन, अभियान र जनपरिचालनको विषयसहित केही नयाँ विषय समावेश छन्’ स्रोतले भन्यो, ‘नेकपा सचिवालयले हालै जारी गरेको ११–बुँदे आचारसंहिताको व्यवहारिक कार्यान्वयनलाई प्रतिवेदनले जोड दिएको छ।’
राजनीतिक प्रतिवेदन लेखनको काम अध्यक्ष प्रचण्डले मंगलबार विहान मात्रै सकाएका थिए। उक्त प्रतिवेदनलाई मंगलबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले पेश गरेको उनीनिकट एक नेताले बताए।
उनकाअनुसार त्यसमा सचिवालय सदस्यहरूले दिएको सुझाव र केही संसोधनसहित बैठकले पारित गरेको थियो।
प्रतिवेदनमा पछिल्लो दिन नेपाल भारत सीमामा देखिएका समस्या समाधान गर्न चाल्नुपर्ने कदम, सरकारको काम र त्यसलाई जनतासंग जोड्न अभियान चलाउनुपर्नेमा जोड दिएको स्रोतले जनायो।
प्रतिवेदनलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केही सुझावसहित पास गरेको खबर पाएको प्रचण्डनिकट एक नेताले नेपालखबरलाई जानकारी दिए।
राष्ट्रिय सभागृहमा साे बैठक अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछी प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
त्यसपछि महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संसोधनको प्रस्ताव पेश गर्ने, सातै प्रदेशका इन्चार्जले प्रदेश अवस्थाको रिपोर्ट पेश गर्ने र समसामयिक विषयमा छलफल गर्ने सचिवालयले एजेन्डा तय गरेको छ।
नेकपाको ४४१ सदस्यीय जम्बो केन्द्रीय समितिमा छलफल व्यवस्थित गर्नका लागि बर्णानुक्रमअनुसार १५ टोली बनाएर ३ ठाउँमा छलफल गरिने तयारी छ। प्रचण्डले पेश गरेको प्रतिवेदनमाथी बुधबारदेखि नै छलफल शुरु गर्ने बताइएको छ।
सचिवालयले गरेको तयारी अनुसार बैठकको उदघाटन र उद्घाटन मन्तव्य प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गर्नेछन् भने अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












