घर फर्किँदै सर्वेन्द्र खनाल, को बन्ला नयाँ आइजीपी ?
काठमाडाैँ । कुनै अड्चन आएन भने नेपाल प्रहरीले आजै नयाँ नेतृत्व पाउनेछ । मन्त्रिपरिषदको आजकै नियमित बैठकले नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको एकजना मन्त्रीले बताए ।
सम्भवतः हालका डीआईजी ठाकुर ज्ञवाली नयाँ आईजीपी नियुक्त हुनेछन् ।
प्रहरी नियमावलीबाट ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने अन्तिम कसरत असफल भएपछि नेपाल प्रहरीमा अब ९० औं ब्याजको वैकल्पिक टोलीबाटै महानिरीक्षक नियुक्ति हुने देखिएको छ ।
नियमत एक महिना अघि नै बिदामा बस्नुपर्ने परम्परा तोड्दै महानिरीक्षक खनाल सोमबारसम्म पनि सक्रिय छन्। आइतवार उनले प्रहरी हेडक्वार्टरमै महिला मानवअधिकार रक्षकहरुलाई भेटेका थिए। अन्तिम समयसम्म देश दौडामा निस्किएका खनालले प्रहरी चौकी, ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको भवनसम्म उद्घाटन गर्न भ्याए।
आफ्नो कार्यकाल ६ महिना थप्न उनले शक्ति केन्द्रसँग अन्तिम समयसम्म लविङ गरेका छन्। तर सरकारले कार्यकाल थप्ने कुरामा रातो झण्डा देखाएसँगै खनाल घर फर्किँदैछन्।
मन्त्रिपरिषद्
नेपाल प्रहरीमा नयाँ आइजीपीको टुंगो गर्न अहिले मन्त्रिपरिषद् बैठक बस्दैछ। सोमबार अपरान्ह ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद् दिउँसो १ बजेदेखि बसेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार यस मन्त्रिपरिषद्मा नयाँ आइजीपीसहित महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुनेछ।
नयाँ आइजी को?
३० वर्षे सेवाअवधिका कारण २६ औँ महानिरीक्षक खनाल अवकाशमा जाने भएपछि नयाँ आइजीपीबारे चर्चा सुरु भएको छ।
नयाँ आइजीपीको दौड
खनाल घर फर्किने भएपछि सरकाले २७ औँ प्रहरी महानिरीक्षकबारे निर्णय लिनै पर्ने दबाबमा छ। यस्तोमा नयाँ आइजीका लागि तीनजना डिआइजी प्रतिस्पर्धामा देखिएका छन्। यसअघि एआईजीबाट आइजीपी हुने गरेका थिए।
तर यो पटक आइजीपीसँगै सबै एआइजीले पनि अवकाश पाउने भएपछि डिआइजीबाटै सिधै आइजीपी चयन गरिने छ। २७ औँ आइजीपीका लागि तीनजना डीआइजी दौडमा अगाडि देखिएका छन्। प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा छ। तर सरकारले वरियता नमिची निर्णय लिएमा ज्ञवाली नयाँ आइजीपी बन्ने छन्। वरियता क्रममा ज्ञवाली सबैभन्दा अगाडि छन्।
यसअघि वरियतामा अगाडि हुँदा हुँदै तत्कालीन डिइआजी नवराज सिलवाल आइजीपी नबनाउँदा तत्कालीन शेरबहादुर देउवा सरकार लामो समय विवादमा फसेको थियो। ज्ञवालीपछि वरियतामा लम्साल र उपाध्याय छन् । तीनै डिआइजी खनालकै ब्याची हुन्। तर नियुक्तिका क्रममा वैकल्पिकमा रहेका उनीहरुले खनालले भन्दा ५ महिनापछि नियुक्ति लिएका थिए ।
तीनमध्ये उपाध्याय डिआइजीमा ढिलो बढुवा भएका थिए। उपाध्यायाको आइजीपी हुने सम्भावना न्यून छ। यस्तोमा प्रतिस्पर्धीका रुपमा ज्ञवाली र लम्साललाई हेरिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












